मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

मेक्सिकोमा हिंसात्मक घटना : १० जनाको मृत्यु, अनुसन्धान जारी

सरकारी तथ्यांकअनुसार, गत वर्ष राज्यभित्र तीन हजार भन्दा बढी हत्याका घटना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मेक्सिकोको गुआनावाटो राज्यस्थित इरापुआटो शहरमा मंगलबार राति एक घरमा सशस्त्र समूहद्वारा गरिएको आक्रमणमा १० जनाको ज्यान गएको पुष्टि गरिएको छ । पीडितहरूमध्ये केही बालबालिका पनि रहेका छन् ।

नगरपालिकाले जारी गरेको विज्ञप्तिमा केही व्यक्तिहरू घाइते भएको र उनीहरूको उपचार भइरहेको जनाइएको छ। राष्ट्रपति क्लाउडिया शेइनबाउमले बिहानको पत्रकार सम्मेलनमा घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यसलाई ‘निन्दनीय’ भन्दै दोषीको पहिचान र कारबाहीका लागि अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो ।

गुआनावाटो राज्य, जुन औद्योगिक केन्द्र र प्रमुख पर्यटकीय गन्तव्यको रूपमा चिनिन्छ, पछिल्ला वर्षहरूमा आपराधिक गिरोहबीचको हिंसाले गम्भीर असर पारेको छ । सरकारी तथ्यांकअनुसार, गत वर्ष राज्यभित्र तीन हजार भन्दा बढी हत्या भएका थिए ।

स्थानीय सुरक्षासम्बन्धी निकायहरूका अनुसार यस क्षेत्रमा सान्ता रोजा डे लीमा गिरोह र जलिस्को न्यू जेनेरेशन कार्टेलबीचको द्वन्द्व प्रमुख कारण मानिएको छ । सन् २००६ यता लागूऔषधसँग सम्बन्धित हिंसात्मक घटनाहरूले मेक्सिकोमा करिब चार लाख ८० हजार जनाको ज्यान लिइसकेको छ भने एक लाखभन्दा दुई बढी व्यक्ति हालसम्म बेपत्ता छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार
कोप-३१ सम्म जलवायु लक्ष्य कार्यान्वयनमा तीव्रता दिन आग्रह
२०८३ मंग्सिर ३, बिहिबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ मंग्सिर ३, बिहिबार
स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना
२०८३ मंग्सिर ३, बिहिबार
दानबहादुरको मुद्दालाई अग्राधिकार
२०८३ मंग्सिर ३, बिहिबार