बैसाख ४, २०८३ शुक्रबार April 17, 2026

डडेल्धुरामा ६० प्रतिशत रोपाइँ सम्पन्न

निरन्तरको वर्षा र समयमै धानको बेर्ना राख्न पाएएपछि प्रायजसो ठाउँमा रोपाइँ सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अमरगढी (डडेल्धुरा), १४ असारः डडेल्धुरामा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । छ हजार १२० हेक्टर क्षेत्रफलमा धानखेती हुने यहाँ असार दोस्रोत सातासम्ममा करिब ६० प्रतिशत रोपाइँ सम्पन्न भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

समयमा मनसुनी वर्षा भएकाले यो वर्ष असार दोस्रो सातासम्ममा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख नरेन्द्र पनेरुले जानकारी दिनुभयो । नियमित रूपमा वर्षा भएकाले सिँचाइ हुने जमिनका साथै नहुने क्षेत्रमा पनि रोपाइँ गर्न किसानलाई सहज भएको छ । निरन्तरको वर्षा र समयमै धानको बेर्ना राख्न पाएएपछि प्रायजसो ठाउँमा रोपाइँ सम्पन्न गरिएको उहाँको भनाइ छ ।

जिल्लाको भित्रीमधेस क्षेत्र जोगबुडा, परशुराम आलितालमा मुख्य रूपमा धान रोपाइँ गरिन्छ । त्यसैगरी भागेश्वर, नवदुर्गा, अजयमेरु, गन्यापधुराको सकायल, कोराल, असिग्राम क्षेत्र, अमरगढीको केही स्थानमा वर्षे बालीका रूपमा धान रोप्ने हुने केन्द्रले जनाएको छ ।

समयमा रोपाइँ भएकाले धान उत्पादन पनि वृद्धि हुने विश्वास लिइएको प्रमुख पनेरुले बताउनुभयो । उहाँका अनुसार डडेल्धुरामा छ हजार हेक्टर बढी क्षेत्रफलमा वर्षे धान रोपाइँ हुने गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सर्वोच्चको फैसला जित हारको विषय होइन : महामन्त्रीद्वय
२०८३ बैसाख ५, शनिबार
काँग्रेसमा विशेष महाधिवेशन वैधानिक ठहर, गगन थापा नेतृत्व आधिकारिक (संक्षिप्त आदेशसहित)
२०८३ बैसाख ४, शुक्रबार
सङ्घीय सरकार मातहत रहेका कामलाई प्राथमिकता दिन आग्रह
२०८३ बैसाख ४, शुक्रबार
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षा मन्त्री पोखरेलको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
पिएम कप इतिहासमा आर्मीको अर्को सफलता : सुदूरपश्चिम ५ विकेटले पराजित
२०८३ बैसाख ४, शुक्रबार
अतिक्रमण र कब्जा गरिएका सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न त्रिविको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
आमा र छोरीबीचको कथामा बनेको ‘लालीबजार’ को ट्रेलर सार्बजनिक
२०८३ बैसाख ४, शुक्रबार