जेरुसेलम, असार २४ गते । उत्तरी गाजा पट्टीमा भएको लडाइँमा पाँच इजरायली सैनिक मारिएको इजरायली सेनाले मङ्गलबार बताएको छ । यसअघि इजरायल र हमासले कतारमा अप्रत्यक्ष युद्धविराममा अप्रत्यक्ष वार्ता गरेका थिए ।
इजरायली सेनाले एक विज्ञप्तिमा भनेको छ, “उत्तरी गाजा पट्टीमा लडाइँका क्रममा दुई सैनिकको मृत्यु भएको छ, उही घटनामा अन्य तीन जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएका छन् ।” घाइते सैनिकहरूलाई ‘उपचारका लागि अस्पताल लगिएको र उनीहरूका परिवारलाई सूचित गरिएको’ सेनाले बताएको छ ।
गाजामा लगभग दुई वर्षको युद्धमा पछिल्लो चरणको वार्ता दोहामा आइतबार सुरु भएको छ । इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासका प्रतिनिधिहरू एउटै भवनको विभिन्न कोठामा बसेका थिए । सोमबारको वार्ता ‘कुनै सफलता बिना’ समाप्त भएको वार्तासँग परिचित एक प्यालेस्टिनी अधिकारीले बताए ।
हमास र इजरायली प्रतिनिधिमण्डलहरूले वार्ता पुनः सुरु गर्ने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ पनि यस हप्ता युद्धविराम सुरक्षित गर्ने प्रयासमा उनीहरूसँग सामेल हुने तय गरिएको थियो । अमेरिकी प्रस्तावमा ६० दिनको युद्धविराम समावेश थियो ।
उक्त प्रस्तावअनुसार हमासले अक्टोबर सन् २०२३ अक्टोबरमा इजरायलमा भएको आक्रमणका क्रममा बन्धक बनाइएका १० जीवितलाई रिहा गर्नेछ र इजरायलले हिरासतमा लिएका प्यालेस्टिनीहरूको बदलामा धेरै शव फिर्ता गर्ने छलफलको नजिक रहेका दुई प्यालेस्टिनी स्रोतले बताएका छन् । हमासले इजरायलको फिर्तीका लागि केही सर्तहरू, वार्ताको क्रममा लडाइँ पुनः सुरु नगर्ने ग्यारेन्टी र संयुक्त राष्ट्रसङ्घीय नेतृत्वको सहायता वितरण प्रणाली फिर्ता गर्न पनि माग गरिरहेको छ । रासस/एएफपी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया