असार २४, २०८२ मंगलबार July 8, 2025

इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसङ्घ

इजरायललाई सबै नाका खोल्न र गाजाभित्र मानवीय सहायता पुर्‍याउने कार्यलाई सहज बनाउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

संयुक्त राष्ट्रसङ्घ, असार २४ गते । गाजा क्षेत्रमा चार महिनादेखि जारी नाकाबन्दीका कारण संयुक्त राष्ट्रसङ्घले बाँकी रहेको इन्धन अत्यावश्यक जीवनरक्षक सेवाहरूमा मात्र प्रयोग गर्न थालेको छ । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको मानवीय सहायता समन्वय कार्यालय (ओसिएचए) का अनुसार, इन्धन अभावले अस्पताल, एम्बुलेन्स र पिउने पानीको व्यवस्था गम्भीर रूपमा प्रभावित भएको छ ।

“अस्पतालहरू सेवा सञ्चालनका लागि कठिनाइ भोगिरहेका छन् र यो अवस्था अब धेरै समय टिक्न सक्दैन,” कार्यालयले जानकारी दिएको छ । ओसीएचएका अनुसार सञ्चार सेवा प्रदायकहरूले पनि गाजामा चाँडै नै सम्पूर्ण इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी दिएका छन् ।

यसबिच, गाजाका सर्वसाधारणहरू दैनिक जीवनमा केवल द्वन्द्वबाट होइन, भोकमरीको डरले पनि त्रस्त छन् । खाद्य सहायता लिन खोज्दा केही नागरिकहरूले ज्यान गुमाएको जानकारी सार्वजनिक भएको छ । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को हालैको सर्वेक्षण अनुसार गाजाका प्रत्येक तीन जना मध्ये एक जनाले धेरै दिनसम्म खाना नपाउने अवस्था रहेको छ ।

यसले हजारौँलाई भोकमरीको गम्भीर जोखिममा पारेको छ । संस्थाका उपप्रमुख  कार्ल स्काउले गाजा भ्रमणपछि भन्नुभयो, “मैले त्यहाँ देखेको पीडा अत्यन्तै मार्मिक छ । मानिसहरू केवल खाना खोज्न जाँदा पनि आफ्नो ज्यान गुमाइरहेका छन् ।” उहाँका अनुसार, एक आमा भान्छाघर पुग्दा त्यहाँ केही नपाई बेहोस भइन्, र अर्का एक पिताले दुई महिनामा २५ किलो तौल घटाएको बताएका छन् ।

ओसिएचाले इजरायललाई सबै नाका खोल्न र गाजाभित्र मानवीय सहायता पुर्‍याउने कार्यलाई सहज बनाउन आग्रह गरेको छ। साथसाथै, अन्तर्राष्ट्रिय मानवीय कानुन अनुसार सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न पनि अपिल गरिएको छ । आइतबार खान युनिसको केही भागमा पुनः विस्थापनको आदेश दिइएको छ । यो पछिल्लो दुई दिनभित्र दोस्रो पटक हो । अनुमानअनुसार ५० हजार भन्दा बढी व्यक्ति त्यसबाट प्रभावित हुन सक्ने छन् ।

मार्चमा युद्धविराम अन्त्य भएयता करिब सात लाख मानिस बारम्बार विस्थापित भएका छन्, जहाँ सुरक्षित आश्रयको अभावले तटीय क्षेत्रहरू अत्यधिक भीडभाड भएका छन् । जनसंख्या कोषका अनुसार, खाद्यान्न सङ्कटका बिच महिलाहरू मानसिक र सामाजिक तनावको उच्च भार बोकिरहेका छन् । अधिकांश महिलाहरू चिन्ता, डर र असहज सपनाबाट पीडित छन् । संयुक्त राष्ट्रसङ्घले अन्ततः सबै सम्बन्धित पक्षहरूलाई मानवीय कार्यमा अवरोध नगर्न, आपतकालीन सहायता सहज रूपमा गाजाको सबै क्षेत्रमा पुग्ने वातावरण सिर्जना गर्न र नागरिकहरूको जीवन र सम्मानको रक्षा गर्न आग्रह गरेको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार