श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कर्णाली एसभिएसः कोचमा राई र मार्की खेलाडी रेग्मी अनुबन्धित

पहिलो संस्करणमा टिमलाई विजेता बनाउन महत्वपूर्ण योगदान गरेकै कारण दोस्रो संस्करणमा पनि अनुबन्धित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि कर्णाली एसभिएसले प्रशिक्षकको रुपमा कुमार राईलाई अनुबन्धित गरेको छ।

पहिलो संस्करणको विजेता समेत रहेको कर्णालीले दोस्रो संस्करणमा मार्की खेलाडी सुमित्रा रेग्मीलाई निरन्तरता दिएको छ। क्वीक स्पाइक हान्ने, ब्लक पनि गर्ने क्षमता राख्ने रेग्मीले छोटो समयमै उत्कृष्ट खेल खेल्दै राष्ट्रिय टिममा इन्ट्री मारेकी थिइन्।

रेग्मीले पहिलो संस्करणमा टिमलाई विजेता बनाउन महत्वपूर्ण योगदान गरेकै कारण दोस्रो संस्करणमा पनि अनुबन्धित गरेको कर्णाली यसभिएसले जनाएको छ।

हेड कोच राई पनि पुराना अनुभवी मानिन्छन्। उनी पनि दोस्रो संस्करणमा पनि दोहोरिएका छन्। दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग ईन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार