मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

दक्षिणी म्यान्मारमा बाढीका कारण १० हजारभन्दा बढी मानिस विस्थापित

ठूलो वर्षापछि थानल्विन नदी खतराको स्तरभन्दा माथि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । म्यान्मारको कायिन राज्यको हपा–अन बस्तीमा बाढीका कारण १० हजारभन्दा धेरै मानिस विस्थापित भएका छन् ।

दुई हजार दुई सय ९८ घरपरिवारका १० हजार तीन सय ९५ जनालाई २४ अस्थायी उद्धार आश्रयमा सारिएको छ ।

ठूलो वर्षापछि थानल्विन नदी खतराको स्तरभन्दा माथि पुगेको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ ।

कायिन राज्य सरकारले दाताहरूसँगै आधारभूत खाद्यान्न आपूर्ति गरिरहेको छ भने स्वास्थ्य मन्त्रालयले उपचार सेवा दिइरहेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया