वैशाख २४, २०८१ सोमबार May 6, 2024

राजनीतिक नियुक्ति, कुनै पनि विवादास्पद भनाईहरू यसबीचमा गरिनुहुन्न :डा. भीम रावल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तपाईले तयार पारेको प्रतिवेदनप्रति माधवकुमार नेपालको असन्तुष्टि बाहिर आयो, किन ?

मैले अहिलेसम्म सचिवालयका कुनै पनि सदस्यहरूबाट मेरो प्रतिवेदनमा असन्तुष्टि व्यक्त भएको पाएको छैन । माधवकुमार नेपालले भन्नुभएको छ, विधि र प्रक्रियाको कुरा गर्दाखेरि संस्थागत हुन सकेन । प्रतिवेदन जसरी तयार भएको छ ।

तपाईहरूले प्रधानमन्त्री के.पी. शर्मा ओलीको लागि बनाउनुभयो, पार्टीलाई बलियो बनाउनको लागि होइन भनेर कुरा आएको छ नि ?

नेताहरूको कुराहरू जब पार्टीको बैठकमा आउँछन् । हामीलाई जब अध्यक्षद्वयबाट प्रस्तावित गरेर केन्द्रिय सचिवालयबाट अनुमोदित गरेर दिईसकेपछि हामीले विधान, नीतिअनुसार चलेरमात्रै व्यवस्थापन हुनसक्छ भनेर सुझाव दिईसकेपछि उहाँहरूले मान्नुहुन्न भने यसरी नकारात्मक निष्कर्ष निकाल्नु राम्रो होइन ।

प्रधानमन्त्रीले नियुक्तिको कुरा गर्दाखेरि उहाँले धमाधम गर्नुभयो नि ?

नियुक्तिको सम्बन्धमा हामीले तुच्छ शब्दमा भनेका छौँ, राजनीतिक नियुक्ति, कुनै पनि विवादास्पद भनाईहरू यसबीचमा गरिनुहुन्न । यो जब प्रतिवेदन कमिटि, सचिवालयमा प्रस्तुत हुन्छ, पछि स्थायी कमिटिमा प्रस्तुत होला, आवश्यकता पर्छ भने केन्द्रिय कमिटिमा जाला, यो सम्पूर्ण प्रक्रिया पूरा भईसकेपछि राजनीतिक नीतिहरू हुनुपर्छ । त्यस्ता खालका नयाँ कामहरू हुनुपर्छ । यस बीचमा त्यस्ता खालका गतिविधिहरू हुनुहुन्न भन्ने हाम्रो प्रस्ट सुझाव छ ।

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष कसलाई बनाइयो, तपाईलाई थाहा छ ? यसमा तपाईहरूको सहमति छ, कार्यदलको ?

हामीले जुन सुझाव दिएका थियौँ, त्यस्ता नियुक्तिहरू अहिले कुनै नयाँ हुनुुहुँदैन भनेर हामीले भनेका छौँ । त्यसको विपरीत कुनै पनि कामहरू भयो भने त्यसमा हाम्रो सहमति हुँदैन । यदि त्यस्तो भएको छ भने किन भयो भन्ने कुरा हामीले मात्र होइन, मलाई लाग्छ जुनसुकै नेताहरूले उठाउनु सही हुन्छ ।

पछिल्लो समयमा जसरी नियुक्तिहरू भईरहेका छन्, त्यसमा पार्टीको सहमति छ त ?

हामीले प्रतिवेदन दिईसकेपछि अध्यक्षद्वयहरूको बीचमा कुरा भयो भन्ने मैले सुनेको हो । त्यसपछि पार्टीभित्र कही कतै त्यस्तो छलफल भएको मलाई जानकारी छैन ।

माधवकुमार नेपालको एक व्यक्ति, एक पदको बटमलाइन क्लियर छ त ?

यो प्रतिवेदन कुनै व्यक्ति र प्रधानमन्त्रीलाई बलियो बनाउनको लागि ल्याइएको होइन । नेपाल कम्युनिष्ट पार्टीलाई बलियो बनाएर अहिलेको विषम राजनीतिक परिस्थितिलाई बलियो बनाउने कुरामा छ । अब त्यसमा कुन नेताले कसलाई बलियो बनायो भन्ने कुरा होइन ।

अहिलेको अवस्थामा तपाईहरूको प्रतिवेदन अब शनिबार सचिवालयमा छलफल हुँदैछ ? त्यसपछि स्थायी समितिमा आउला । स्थायी समितिमा आउन फेरि पनि समय लाग्ने भयो ?

अब त्यस्तो पहिलेको जस्तो अनिश्चित विवाद हुँदै हुँदैन भन्ने हामीले अपेक्षा गरेका छौँ । अब १३ गते सचिवालयको बैठक होला । अहिले देशमा निषेधाज्ञा छ । त्यसपछि निसन्देह समितिको बैठक हुनैपर्छ । त्यसका कार्यसूचीहरूलाई क्रियाशील बनाउने हामीले देखेका छौँ ।

त्यो कुरा प्रधानमन्त्रीले मान्नुपर्छ, देशको कार्यकारी प्रमुखले मान्नुपर्छ भन्ने हो ?

उहाँ २ जना अध्यक्षहरूले गठन गरेको कार्यदललाई, सचिवालयले अनुमोदन गरेको, अनि हामीले पार्टीको हितमा, असल व्यवस्थापनमा जोड दिएको कुरा उहाँले मान्नुहुन्न भन्ने हुँदैन ।

प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई बलियो बनाउनुपर्छ भन्ने पार्टीको निर्णय हो ?

जो मान्छेहरू पदलाई व्यक्तिगत स्वार्थको रूपमा हेर्छन्, ती व्यक्तिले कसलाई बलियो बनायो भनेर हेर्छ, हामीले त्यसरी हेर्दैनौँ । हामी यो पार्टीको नेता र कार्यकर्ता देशको सेवाको लागि लागेका छौँ । हामीले कुनै व्यक्तिविशेषलाई बलियो बनाउने होइन, हाम्रो आशय । हाम्रो आशय के हो भने पार्टीलाई बलियो बनाउने । हामीले यस्तो उद्देश्य कहिल्यैपनि राखेका छैनौँ । रिपोटर्स नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
२०८१ वैशाख २४, सोमबार
सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु
२०८१ वैशाख २४, सोमबार
नेकपा एसको संसदीय दलको बैठक आलोकनगरमा सुरू
२०८१ वैशाख २४, सोमबार
आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा
२०८१ वैशाख २४, सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
२०८१ वैशाख २४, सोमबार
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री ‘प्रचण्ड’
२०८१ वैशाख २४, सोमबार
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार