काठमाडौं : भिसाको उद्देश्य विपरीत नेपालमा बसेर शङ्कास्पद गतिविधि गर्दै आएका तीन इण्डोनेशियाली नागरिकलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ।
सन् २०२४ मा अध्ययन भिसा लिएर नेपाल आएकी एक महिलाले ललितपुरको धोबिघाटस्थित हिमालय शिक्षा तथा हितेशी समाजमार्फत गर्ल्स होस्टेल सञ्चालन गर्दै टर्कीस भाषा र कुरान पढाउने, साथै मुस्लिम धर्म प्रचारप्रसार गर्ने गतिविधि गर्दै आएकी थिइन्। सोही संस्थामा अन्य दुई इण्डोनेशियालीलाई शिक्षकको रूपमा राखिएको अध्यागमन विभागको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
नेपालमा पर्यटक भिसामा बसेको विदेशी नागरिकले काम गर्ने भए ‘वर्किङ भिसा’ लिएको हुनुपर्छ। अध्यागमन विभागले उनीहरूको भिसा अध्ययन र पर्यटन प्रयोजनका लागि भए पनि नेपालमा रोजगारी तथा धार्मिक गतिविधिमा संलग्न भएको ठहर गर्दै थप अनुसन्धान अघि बढाएको छ।
विभागका अनुसार भिसाको उद्देश्य विपरित बसाइ वा शंकास्पद क्रियाकलापमा संलग्न विदेशीलाई अध्यागमन ऐनअनुसार जरिवाना र निष्कासन गर्ने कानुनी व्यवस्था छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया