मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

इन्डोनेसियामा सांसदको तलब–सुविधाविरुद्ध विशाल प्रदर्शन, प्रबोवो सरकारप्रति असन्तुष्टि बढ्दै

जकार्तामा श्रमिक र विद्यार्थीको संयुक्त आन्दोलन : ‘जनताको तलब रोकिन्छ, सांसदको भत्ता बढ्छ’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । इन्डोनेसियाको राजधानी जकार्तामा रहेको संसद भवन अगाडि सयौं प्रदर्शनकारीहरूले सांसदहरूको तलब र सुविधाको विरोधमा प्रदर्शन गरिरहेका छन्।

यो हप्ताको दोस्रो ठूलो विरोध प्रदर्शन हो, जसले एक वर्षभन्दा कम समयदेखि पदमा रहेका राष्ट्रपति प्रबोवो सुबियान्तोको सरकारप्रति बढ्दो असन्तुष्टिलाई प्रतिबिम्बित गर्दछ।

आन्दोलनकारीहरूले सांसदहरूलाई दिइने तलब, भत्ता र सुविधा आवश्यकताभन्दा बढी भएको बताउँछन्, जबकि देशमा तलब वृद्धि नभएको बताउँछन्।

यो प्रदर्शन श्रमिक संगठनहरूले सुरु गरेका थिए र उनीहरूले न्यूनतम ज्याला बढाउनुका साथै कर घटाउन माग गरेका थिए।

यसपछि विद्यार्थीहरू पनि विरोध प्रदर्शनमा सामेल भए र राजनीतिज्ञहरूको विलासी जीवनशैलीप्रति आक्रोश व्यक्त गरे। राजधानी जकार्तामा चार हजारभन्दा बढी प्रहरी तैनाथ गरिएको छ।

गत सोमबार, प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेर भीडलाई तितरबितर पारेको थियो र ३०० भन्दा बढी मानिसहरूलाई पक्राउ गरेको थियो।

प्रदर्शनकारीहरूले सांसदहरूले आफ्नो भत्ता बढाउन खोजिरहेको र कामदारहरूको तलब वृद्धिको मागलाई बेवास्ता गरिएको बताएका छन्। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया