मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

गाजामा इजरायली हवाई आक्रमण, हमास प्रवक्ता अबु उबैदाको मृत्यु दाबी

दक्षिणी इजरायलमा भएको आक्रमणअघि उपस्थित हमासका उच्च तहका सैन्य नेतामध्ये एक मानिन्थे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । इजरायलले गाजा शहरमा गरेको हवाई आक्रमणमा हमासको सशस्त्र शाखाका प्रवक्ता अबु उबैदाको मृत्यु भएको दाबी गरेको छ। इजरायलका रक्षामन्त्री इजरायल काट्जले एक्समा एक पोस्टमार्फत् रक्षा बल (आइडीएफ) र राष्ट्रिय सुरक्षा एजेन्सी शिन बेटलाई “सफल अपरेशन” का लागि बधाई दिएका छन्।

तर, हमासले भने अझैसम्म उबैदाको मृत्युको पुष्टि गरेको छैन। उल्टै, आवासीय क्षेत्रमा भएका आक्रमणमा दर्जनौँ सर्वसाधारण मारिनुका साथै घाइते भएको जनाएको छ। गाजाको अल–रिमल क्षेत्रमा मात्रै कम्तीमा सात जनाको मृत्यु र बालबालिकासहित २० जना घाइते भएको स्थानीय स्रोतले जनाएको छ।

आइडीएफ र शिन बेटले संयुक्त विज्ञप्तिमा गुप्तचर सूचनाका आधारमा उबैदाको लुकाइएका स्थान पत्ता लगाई कारबाही सम्भव भएको बताएका छन्। इजरायली मन्त्री काट्जले आगामी दिनमा उबैदाका अन्य “आपराधिक साझेदार” लाई समेत लक्षित गरिने चेतावनी दिएका छन्।

उबैदा ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा भएको आक्रमणअघि उपस्थित हमासका उच्च तहका सैन्य नेतामध्ये एक मानिन्थे। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया