रौतहट २१ भदौ। मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादव ( जितेन्द्र) ले विकासको माध्यमले नागरिक लाई समृद्ध बनाउने योजना अनुसार काम गरिरहेको बताएका छन्।
गृह जिल्ला रौतहटको कटहरिया स्थित आयोजित कार्यकर्ता भेटघाट कार्यक्रम लाई सम्बोधन गर्दै अर्थमन्त्री यादवले प्रदेश सरकार नागरिक लाई समृद्ध बनाउन कृषी, संगै भौतिक पूर्वाधार विकासमा जोड दिएको बताएका हुन्।
नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका मन्त्री यादव कार्यकर्ताहरूको गुनासो सुन्दै पार्टी संगठनलाई अझ मजबुत बनाउन सबै तहका नेतागण र कार्यकर्ताबीच आपसी विश्वास, समन्वय र निरन्तर संवाद आवश्यक रहेको धारणा राखेका थिए।
उनले प्रदेश सरकारले गरेका विकास योजनाबारे जानकारी दिँदै कार्यकर्तालाई पार्टी संगठनमा सशक्त रूपमा क्रियाशील रहन आग्रह गरेका थिए।
नेपाली कांग्रेस कटहरिया नगर समितिद्वारा आयोजित नगर कार्यकर्ता भेटघाट कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री शुनिल कुमार यादव (जितेन्द्र)को विशेष उपस्थितिमा भएको कार्यक्रममा कार्यकर्ताहरूले आफ्नो गुनासो, समस्या तथा पार्टी संगठनको सुदृढीकरणबारे छलफल गरेका थिए।
नगर कमिटीका अध्यक्ष शम्भुकान्त यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय नेतादेखि सामान्य कार्यकर्तासम्म सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा कार्यकर्ताले नेतृत्वसँग संगठन विस्तार, आन्तरिक एकता, आगामी चुनावमा पार्टीको रणनीति र जनस्तरमा कांग्रेसको प्रभाव बढाउने विषयमा विस्तृत रूपमा विचार विमर्श गरेका थिए।
यो भेटघाटले कांग्रेसभित्र आधारभूत तहमा रहेको असन्तोष र संगठनात्मक कमजोरीलाई सतहमा ल्याएको देखिन्छ। कार्यकर्ताले गुनासो खुला रूपमा राख्न पाउनु नेतृत्व–कार्यकर्ता सम्बन्धमा सकारात्मक संकेत मानिन्छ।
अर्थमन्त्री समेत रहेका जिल्ला सभापतिले स्थानीय कार्यकर्ताको समस्या सुन्नु र छलफलमा सहभागी हुनु पार्टीभित्र संवाद संस्कृतिको राम्रो अभ्यास रहेको छ।
भेटघाट कांग्रेस संगठनलाई एकताबद्ध बनाउन र आगामी राजनीतिक प्रतिस्पर्धामा तयारी स्वरूप महत्त्वपूर्ण अवसरका रूपमा लिइएको छ।
उक्त अवसरमा कटहरिया ५ का वडा अध्यक्ष सर्फलाल प्रसाद,७ का वडा अध्यक्ष शहीद मियाँ, पूर्व वडा अध्यक्ष उमेश यादव लगायत दर्जनौ नेता कार्यकर्ताको सहभागिता रहेको आयोजकले न्युज कारखानालाई जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया