असोज २४, २०८३ शनिबार October 10, 2026

वीरगन्जमा मन्त्रीका घर ध्वस्त

वीरगन्जको आन्दोलनमा जेनजी उमेर समूह माथिको उमेर समूहका मानिस पनि ठूलो संख्यामा सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वीरगन्ज । जेन–जी समूहले काठमाण्डौमा सोमबार गरेको आन्दोलनमा सरकारले बढी बल प्रयोग गरी १९ को मृत्यु भएको भन्दै वीरगन्जमा पनि त्यसको कडा विरोध भएको छ । मंगलबार यहाँ विरोधमा उत्रिएका आन्दोलनकारीले बिहानैदेखि नेपाल सरकार विरुद्ध कडा शैली प्रस्तुत गर्दै स्थानीय प्रशासनले लगाएको निशेधाज्ञा तोडेर चोक–चोकमा प्रदर्शन सुरु गरेका हुन् ।

वीरगन्जको आन्दोलनमा जेनजी उमेर समूह माथिको उमेर समूहका मानिस पनि ठूलो संख्यामा सहभागी भए । उनीहरुले स्थानीय प्रशासनले सोमबार साँझ ९ बजेबाट लगाएको निशेधाज्ञा तोड्दै मंगलबार बिहानैबाट आन्दोलनकारीले वीरगन्जको घण्टाघर चोक, माईस्थान चोक, लगायत मुख्य बजारका चोक–चोकमा टायर बालेका विरोध जनाए । उनीहरुलाई प्रहरीले सांकेतिक रुपमा प्रदर्शन कम गर्न दवाव दिएपछि झन आन्दोलनकारी प्रहरी र प्रहरी युनिटमाथि तोडफोड गर्दै आगजनीमा समेत उत्रिए । सो क्रममा सुरक्षाकर्मी र आन्दोलनकारीका बीच ठाउँठाउँमा झडप समेत भएको छ ।

आन्दोलनकारीको उग्र रुप भए पनि पर्सा प्रहरीले भने संयमता अपनाउँदा पर्सामा मानवीय क्षति मंगलबार हुनबाट जोगिएको प्रत्यक्षदर्शीले पनि बताए । झडपमा दर्जनौ सेल अश्रु ग्याँस र केही रबरका गोली चलेका छन् । झडपका क्रममा सुरक्षाकर्मी र आन्दोलनकारी दुवै तर्फ घाइते भएका छन् । घाइते पुग्ने वीरगन्जको नारायणी अस्पतालमा साँझसम्म कुल २० जना घाइते पुगेको अस्पतालका सूचना अधिकारी डा.उदयनारायण सिंहले बताए । घाइते हुनेहरुमा वीरगन्ज महानगरपालिकाका ३ जना नगर प्रहरी, १ जना नेपाल प्रहरी र बाँकी सर्वसाधारण रहेको उनको भनाइ छ ।

घाइते मध्ये एक जनाको टाउकोमा अलि गहिरो घाउ रहेको र बाँकीको अवस्था सामान्य रहेको डा.सिंहले विस्तृतमा बताए । घटनास्थल तैनाथ रेडक्रमकर्मीले घाइते हुना साथ ८ जनालाई उद्दार गरी फष्टहेड उपचार गरेर थप उपचारका लागि स्वास्थ्य संस्थामा पठाएको नेपाल रेडक्रस सोसाइटी पर्साका अधिकृत उमेश मिश्रले बताए ।

आन्दोलनकारी उग्र बन्दै निवर्तमान मन्त्रीहरु राजकुमार गुप्ता, अजय चौरसिया, प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहको नीजि घरमा प्रवेश गरी तोडफोड र आगजनी गर्न बाँकी राखेनन् । उनीहरुले वीरगन्जको नेपाल टेलिकमको शाखा कार्यालय, आन्तरिक राजश्व कार्यालय, नेकपा एमाले पर्साको पार्टी कार्यालयमा पनि तोडफोड र आगजनी गरी क्षति पु¥याएका छन् । नेपाली कांग्रेसको रानीघाट पुलपारी रहेको पार्टी कार्यालयमा पनि आन्दोलनकारी प्रवेश गरी तोडफोड र आगजनी गरेर क्षति पु¥याएका छन् ।

उनीहरु यतिमा मात्र सिमित नभई वीरगन्जको रानीघाटमा रहेको नेपाल प्रहरी चौकी, वीरगन्जको घण्टाघरमा रहेको प्रहरी चौकी तोडफोड र आगजनी गरी ध्वस्त बताएका छन् । आन्दोलनकारीले वीरगन्ज महानगरपालिका भित्र पसी त्यहाँ राखिएका आधादर्जन सवारी, टेलिकमका २ वटा सवारी लगायत सर्वसाधारण पनि दर्जन बढीं सवारी र मोटरसाइकल पनि तोडफोड गरी आगजनी गरिदिएको पर्सा प्रहरीले जनाएको छ ।

काठमाण्डौमा भएको धनजनको क्षतिपछि सोमबार साँझबाट नै आक्रोसित हुँदै प्रदर्शनकारी तोडफोड र आगजनीमा उत्रिए पछि स्थानीय प्रशासनले अवस्थालाई नियन्त्रणमा लिन सोमबार साँझ ९ बजेदेखि बिहान ९ बजेसम्मका लागि बजार क्षेत्रमा कफ्यू लगाएको थियो । बिहान फेरि अवस्था विग्रन थालेपछि ११ बजेबाट साँझ ६ बजेसम्म कफ्यूको अवधि बढाएको थियो । आन्दोलनकारीको प्रदर्शन र आगजनी स्थानीय प्रशासनले कफ्र्यू लगाएको समयमा नै भएको हो । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
२०८३ असोज २४, शनिबार
पूर्व न्यायाधीशलाई नोबेल पुरस्कार दिएको केही घण्टापछि आइसीसीमाथि अमेरिकी प्रतिबन्ध
२०८३ असोज २४, शनिबार
संघीय निजामति विधेयक २०८३ : ३०-५५ को अवकाश प्रावधानले कर्मचारी वृत्तमा त्रास
२०८३ असोज २४, शनिबार
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता
२०८३ असोज २४, शनिबार
सुर्खेतका तीन स्थानका जंगलबाट १८ नाल भरुवा बन्दुक बरामद
२०८३ असोज २४, शनिबार
चौध लाखभन्दा बढीका सामान र ई-लोडर बरामद
२०८३ असोज २४, शनिबार
सुन तस्करीमा चिनियाँ नयाँ समूह : २१ किलो ७५० ग्राम सुनसहित तीन जना बुढानीलकण्ठबाट पक्राउ
२०८३ असोज २४, शनिबार