मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

रूसद्वारा ‘क्रूज मिसाइल’ प्रक्षेपण

प्रक्षेपणका क्रममा समुद्री सतहमार्फत परिचालित युद्धपोत तथा नौसैनिक विमानहरू प्रयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भ्लादिभोस्टोक, रुस, ३ असोज (रासस/सिन्ह्वा) ः रूसी दुई आणविक पनडुब्बीहरूले ओखोट्स्क सागरमा जारी सैन्य अभ्यासको क्रममा सफलतापूर्वक ‘क्रूज मिसाइल’ प्रक्षेपण गरेका छन् ।

फ्लीटका अनुसार, क्रास्नोयास्र्क र ओम्स्क नामक पनडुब्बीहरूले ‘ओनिक्स’ र ‘ग्रानिट’ क्रूज मिसाइलहरू समुद्री क्षेत्रमा प्रक्षेपण गरेका थिए ।

निगरानी प्रणालीबाट प्राप्त तथ्याङ्क अनुसार, सबै मिसाइलहरूले आफ्नो लक्ष्यलाई सटीक रूपमा प्रहार गरेका थिए । प्रक्षेपणका क्रममा समुद्री सतहमार्फत परिचालित युद्धपोत तथा नौसैनिक विमानहरू प्रयोग गरी सम्पूर्ण क्षेत्रको सुरक्षा सुनिश्चित गरिएको थियो ।

उक्त अभ्यास रूसी सेनाको उत्तरपूर्वी संयुक्त कमान्डद्वारा सेप्टेम्बर १२ देखि सञ्चालनमा रहेको कमाण्ड–स्टाफ अभ्यासअन्तर्गत गरिएको हो । यो अभ्यासको मुख्य उद्देश्य उत्तरी प्रशान्त महासागरमा समुद्री मार्गहरूको सुरक्षा गर्नुका साथै कामचाट्का र चुकोटका तटीय क्षेत्रहरू तथा नजिकका टापुहरूको रक्षा सुनिश्चित गर्नु रहेको जनाइएको छ ।

प्रशान्त फ्लीटका अनुसार, यो अभ्यास रूसी नौसेनाको नियमित तालिम योजनाअन्तर्गत सञ्चालित गरिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया