जेठ ३०, २०८३ शनिबार June 13, 2026

एक यस्तो ठाउँ जहाँ मृत्युका लागि भिख माग्छन् मान्छेहरू

युद्ध सुरू भएदेखि नै युक्रेनले रुसमाथि युद्ध अपराध गरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । संसारको एक यस्तो जेलको सत्यता बाहिर आएको छ जसको बारेमा सायद अहिलेसम्म कसैले सुनेका छैनन् होला।

यो जेलमा रहेकाहरूलाई यसरी तनाव दिइन्छकी जसको पछाडि उनीहरू मृत्युको भिख माग्न थाल्छन्। यो विषय एक रूसी जेलको हो। जहाँ युक्रेनी नागरिकहरूलाई राखिन्छ।

जब रूस र युक्रने युद्ध सुरू भयो त्यति बेलादेखि पक्रिएका हजारौँ युक्रेनी नागरिकहरूलाई रूसको यो जेलमा राखिन्छ। सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार यो जेललाई सिम्फरोपोल डिटेन्शन सेन्टर नामबाट जानिन्छ।

अलेक्जेन्डर ताराकोभलाई मे २०२२ मा सो जेलमा कैद गरिएको थियो। उनले अपराधिक र रूसको विरोध गर्ने एक समाचार माध्यमलाई सो जेलको बारेमा सत्यता बताएका छन्। अलेक्जेन्डरलाई मार्चमा गिरफ्तार गरिएको थियो। उनीमाथि कब्जा गरिएको खेरसनमा रूसविरुद्ध र्‍याली आयोजना गरेको आरोप लागेको थियो।

उनले बताएअनुसार कसरी यातनाका नाममा बिजुलीको झट्का दिइन्छ। बिजुलीको झट्का दिने समयमा कुन कैदीको कति गहिरो र कति सजिलो अपराध हो कुनै मतलब गरिदैन सबैलाई एकै नासको सजाय हुन्छ।

जेलबाट मानिसहरू भाग्न नपाउन भनेर हिसंक कुकुरहरू राखिएको उनले बताए।

उनले भने, ‘यो चार्ज तपाईंको शरीरको हरेक मांसपेशी फाइबरमा गएर विस्फोट हुन्छ र त्यसपछि तपाईंको मांसपेशीहरू संकुचित हुन थाल्छन्। जब यसरी यातना दिइन्छ, त्यसबाट आफूलाई बचाउन केही गर्न सकिँदैन, त्यसो गर्‍यो भने झन् बिग्रन्छ।’

ताराकोभले जेलमा हाल्नुअगाडि रुसीहरूले कब्जा गरेको भवनको तहखानेमा यातना दिएको बताए। उनीहरूको कानमा बिजुलीको तार टाँसेर छक्क परे र प्रदर्शन गर्नेहरुको नाम सोधे।

सो बाहेक एक रूसी एजेन्टले उनको काँधमा बन्दुक राखे र गोली हान्न धम्की दिन थाले। यस जेललाई मध्ययुगको कालकोठरीको रूपमा वर्णन गर्दै ताराकोभले थप भने, ‘नयाँ कैदी आउनेबित्तिकै उसलाई राति जेलको कोठरीमा यसरी नै यातना दिइन्छ।’

सो जेलमा कैदी भएर जीवन बिताएका अर्का व्यक्ति म्याक्सिमले पनि आफ्नो भोगाइबारे बताएका छन्। रुसी सुरक्षा एजेन्सीका अधिकारीहरूले सोधपुछका क्रममा धम्की दिने उनले बताए।

उनले भने, ‘हामीले तपाईंलाई लुहान्स्क पठाउँछौँ। जहाँ मृत्युदण्ड कानूनी छ, र उनीहरूले तपाईंहरूलाई गोली हान्नेछन्। उनीहरूले हामीलाई युक्रेनद्वारा युद्धको कानुन उल्लङ्घन गरेको फौजदारी मुद्दाको जवाफी दिन लगे। उनीहरूले घर र मारिउपोलको ड्रामा थिएटरमा भएको गोलीकाण्डबारे हामीलाई केही थाहा छ कि भनेर सोध्छन्।’

युद्ध सुरू भएदेखि नै युक्रेनले रुसमाथि युद्ध अपराध गरेको आरोप लगाउँदै आएको छ भने रुसले यी सबै आरोप अस्वीकार गर्दै आएको छ।

यसैबीच, अपराधसँग सम्बन्धित प्रमाण र साक्षीहरू पनि आउन थालेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया