काठमाडौँ । दुर्गा प्रसाईँले गृहमन्त्री ओमप्रकाश अर्यालसँग वार्ताका लागि माग गरेको समय गृह मन्त्रालयले स्वीकृत गरेको छ। मन्त्रालयले कात्तिक २६ गते बिहान १० बजे वार्ताको समय तोकेको छ।
गृह मन्त्रालयका अनुसार प्रसाईँले यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौँमार्फत वार्ताका लागि अनुरोध गरेका थिए। सो अनुरोधको आधारमा मन्त्रालयले काठमाडौँ प्रशासनमार्फतै वार्ताको मिति तय गरेको हो।
प्रसाईँले कात्तिक ९ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दिँदै गृहमन्त्रीसँग छलफलका लागि समय मागेका थिए। त्यसअनुसार मन्त्रालयले १७ दिनपछि कात्तिक २६ गतेको मिति तोकेको हो।
वार्ताको विषय र एजेन्डा भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया