कार्तिक २५, २०८३ बुधबार November 11, 2026

नेपाल एयरलाइन्सको अध्यक्षमा राई र प्रवक्तामा घिमिरे नियुक्त

वर्तमान अध्यक्ष युवराज अधिकारीको कार्यकाल सकिएकाले अर्को अध्यक्ष नियुक्त नभएसम्मका लागि राईलाई नै अध्यक्षको जिम्मेवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, कात्तिक १९ गते । नेपाल वायुसेवा निगमको संचालक समितिको अध्यक्षको जिम्मेवारी निगमकै उपाध्यक्ष विक्रम राई र प्रवक्ताको जिम्मेवारी निगमका कर्पोरेट डाईरेक्टर अनिल घिमिरेलाई दिइएको छ ।

निगमका निवर्तमान अध्यक्ष युवराज अधिकारीको कार्यकाल सकिएकाले अर्को अध्यक्ष नियुक्त नभएसम्मका लागि राईलाई नै अध्यक्षको जिम्मेवारी दिइएको हो ।

अध्यक्ष राईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव इन्दु घिमिरेले मंगलबार मन्त्रालयमा पद तथा गोपनीयताको शपथ गराउनु भएको छ ।

शपथ ग्रहणपछि अध्यक्ष राईले निगम संचालक समितिको कार्यालयमा कार्यभार सम्हाल्दै प्रधानमन्त्री र जेन्जी आन्दोलनको चाहना अनुसार निगममा देखिनेगरी सुधार गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले हाल ए३२० जहाजमा प्रयोग हुँदै आएको भाडाको एउटा इन्जिन सम्बन्धित कम्पनीलाई फिर्ता गर्दै मर्मतका लागि इजरायल पठाइएको निगमको इन्जिन जडान गर्ने कार्य १५ दिन भित्र टुङ्ग्याउन निर्देशनु भयो ।

उहाँले बेलाबेलामा विभिन्न मिडियामा र जनमानसमा उठ्दै आएको विजनेस क्लासको टिकटलाई अपग्रेड गर्ने प्रवृत्तिलाई तत्काल बन्द गर्न, यात्रु व्यागेज नीतिमा समयानुकूल परिमार्जन गर्न र यात्रु व्यागेज टुटफुट सम्बन्धमा आएको जनगुनासो यथाशीघ्र सम्बोधन गर्न पनि निर्देशन दिनुभयो ।

अध्यक्ष राईले प्रश्न उठेका करार तथा ज्यालादारीमा नियुक्त गरिएका कर्मचारीको नियुक्ति नियमसङ्गत बदर गर्नसमेत निर्देशन दिनुभयो । उहाँले निगमको व्यवस्थापकीय कार्यमा भने आफ्नो कुनै हस्तक्षेप नरहने स्पष्ट पार्नुभयो ।

नवनियुक्त अध्यक्ष राईले कार्यभार सम्हालेपछि उहाँलाई स्वागत गर्दै निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीसहित सबै विभागीय प्रमुखहरुले आ आफ्नो विभागबाट भइरहेका कामका बारेमा जानकारी गराउनु भएको थियो ।

निमित्त महाप्रबन्धक कालाखेतीले मंगलबार नै निगमको कर्पोरेट विभागका निर्देशक अनिल घिमिरेलाई प्रवक्ताको जिम्मेवारी दिनु भएको छ ।

झण्डै २ दशकदेखि निगमका विभिन्न जिम्मेवारीमा रहनु भएका घिमिरेले प्रवक्ता भएपछि संस्थाको सूचना तथा सन्देश नागरिकका बीचमा पुर्‍याउन, संस्थाको छवि सकारात्मक बनाउन र सञ्चार माध्यमहरुसँग समन्वय गर्न प्रभावकारी भूमिका खेल्ने बताउनु भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार
राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका
२०८३ कार्तिक २५, बुधबार
ट्रम्पको बिबिसीविरुद्धको मुद्दा अघि बढ्ने
२०८३ कार्तिक २५, बुधबार
Bhai Tika strengthens bonds of love among siblings : PM Shah
२०८३ कार्तिक २५, बुधबार
धार्मिक, सामाजिक र सांस्कृतिक विविधताबीच सद्भाव कायम गर्न फाल्गुनन्दको योगदान : राष्ट्रपति पौडेल
२०८३ कार्तिक २५, बुधबार
विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ कार्तिक २५, बुधबार
बाढीपहिरोले अवरुद्ध बेनीको खानेपानी सेवा वैकल्पिक पाइपलाइनबाट सञ्चालनमा
२०८३ कार्तिक २५, बुधबार