काठमाडौँ। उच्च अदालत बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्व डीआईजी छविराज जोशी सम्बन्धी फाइल जिल्ला अदालत रुपन्देहीबाट माग गर्न आदेश दिएको छ। न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको इजलासले बिहीबार यो निर्णय सुनाएको हो।
यसअघि लामिछानेले आफ्नो थुनामुक्तिका लागि बिगो बराबरको रकम जम्मा गर्ने निवेदन दर्ता गरेका थिए। उच्च अदालतले लामिछानेसँगै जोशीको फाइल पेस गर्न आदेश दिँदा मुद्दाको अर्को मिति पछि तोकिने भएको छ।
सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेसहित प्रतिवादीमाथि १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरिएको छ। लामिछानेले आफ्नो भागको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतस्वरूप पेश गरिसकेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया