कार्तिक २५, २०८३ बुधबार November 11, 2026

मधेसका मुख्यमन्त्री सोनलले दिए राजीनामा

विश्वासका मत लिन पेश गर्नु भएको प्रस्ताव प्रदेश सभाले पारित गर्ने सम्भावना नदेखेपछि  प्रस्ताव फिर्ता लिँदै पदबाट राजीनामा दिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जनकपुरधाम, कात्तिक २२ गते । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले  मधेश प्रदेशसभाको शनिबारको बैठकमा मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ ।

मुख्यमन्त्री सोनारले विश्वासका मत लिन पेश गर्नु भएको प्रस्ताव प्रदेश सभाले पारित गर्ने सम्भावना नदेखेपछि  प्रस्ताव फिर्ता लिँदै पदबाट राजीनामा दिनुभएको हो ।

मुख्यमन्त्रीले राजीनामा दिएपछि सभामुख रामचन्द्र मण्डलले उक्त प्रस्तावलाई निर्णयार्थ पेश गर्नुपर्ने आवश्यकता नभएको भन्दै बैठक स्थगित गर्नुभएको छ ।

प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्नु भएको थियो । बैठकमा नेकपा (एमाले) र नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतकले  मुख्यमन्त्रीलाई समर्थन नगर्ने बताए ।  नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य रहवर अन्सारीले आफू तटस्थ बस्ने बताउनुभयो भने माओवादीकै सांसद माला कर्णले उहाँकै भनाइमा समर्थन गर्नुभयो ।

जनमत पार्टीका प्रदेशसभा सदस्य एवम् पूर्व मुख्यमन्त्री सतिशकुमार सिंह र प्रदेशसभा सदस्य एवम पूर्वमन्त्री त्रिभुवन साह अनुपस्थित हुनुहुन्थ्यो । मधेश प्रदेशसभामा कुल १०७ प्रदेशसभा सदस्य संख्या रहेकोमा बहुमत प्राप्त गर्नका लागि ५४ जनाको आवश्यकता पर्छ । हाल प्रदेशसभामा तीन जना प्रदेशसभा सदस्य निलम्बनमा परेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार
राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका
२०८३ कार्तिक २५, बुधबार
ट्रम्पको बिबिसीविरुद्धको मुद्दा अघि बढ्ने
२०८३ कार्तिक २५, बुधबार
Bhai Tika strengthens bonds of love among siblings : PM Shah
२०८३ कार्तिक २५, बुधबार
धार्मिक, सामाजिक र सांस्कृतिक विविधताबीच सद्भाव कायम गर्न फाल्गुनन्दको योगदान : राष्ट्रपति पौडेल
२०८३ कार्तिक २५, बुधबार
विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ कार्तिक २५, बुधबार
बाढीपहिरोले अवरुद्ध बेनीको खानेपानी सेवा वैकल्पिक पाइपलाइनबाट सञ्चालनमा
२०८३ कार्तिक २५, बुधबार