असार ५, २०८३ शुक्रबार June 19, 2026

अब निषेधाज्ञा आवश्यकत्ता छैन, जनता भोकभोकै मर्ने अवस्था आईसक्यो : डा. समिरमणी दिक्षित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कोरोनाको संक्रमणको कुरा गर्दाखेरि आज हामी कहाँ छौँ ? कोरोनाको कहर नेपाललाई गाँजेको छ । कसरी बचाउने ? कसरी सुरक्षित राख्ने ?

यो टि.भी, रेडियोमा पटक पटक गरिएको कुरा हो । कोरोनाको कारणले जति भयावह स्थिति देखाउन खोजिएको छ, मिडियामा चिकित्सक साथीहरूबाट । त्यति भयावह पनि छैन भनेर हामीले थाहा पाउन सक्नुपर्छ । हो, केही स्थितिमा अप्ठ्यारो अवस्था छ तर समग्रमा होइन । अधिकांशमा हेर्नुपर्छ जहिले पनि । जसलाई केही भएको छैन, उहाँहरूलाई हामीले हस्पिटलमा किन राख्ने ?

कोरोनाको कहरको कुरा गर्दा जनताहरू पीडामा छन् । मजदुरहरूको पीडा छुट्टै छ । संक्रमण समुदायमा गईसकेको छ । अब कसरी बच्ने र बचाउने त ?

पाकिस्तान, बंगलादेश र भारतमा पनि संक्रमण त छ नि तर देश खुकुलो हुँदै गईरहेको छ किनभने मान्छेहरूलाई अहिले अरू अप्ठ्याराहरू, अरू आर्थिक, स्वास्थ्य समस्याहरूले पिरोल्न थालेको छ । यो हाम्रो नेपालमा पनि देखिएको छ । नेपालमा पनि मान्छेहरू भोकभोकै मर्ने अवस्था आईसक्यो । भनेपछि ९७ प्रतिशत मान्छेलाई केही नहुने, ३ प्रतिशतमा अलि कडा हुने रोगको लागि हामीले ९७ प्रतिशत मान्छेलाई किन रोकिरहेको छौँ । मैले त्यहाँ थाहा पाउन नसकेको कुरा । अरू देशले त बुझिरहेको छ । पाकिस्तान, भारत, बंगलादेशले त बुझिरहेको छ । हाम्रो नेपालको राज्यले किन बुझिरहेको छैन ? म यसमा अच्चमित छु ।

त्यसलाई जनताले मान्नुपर्छ नि । जनता जसरी छटपटाइरहेका छन्, त्यसमा चिकित्सकको ध्यान जाँदैन ?

अब भौतिक दूरी कायम गरेर सामान्य जीवनमा जानुपर्छ । अब सहज रूपमा भाइरसबीच मान्छेलाई बाँच्न दिनुपर्छ भन्ने पक्षमा छु म त ।

तर कोरोना हल्का रूपमा लिनुहुँदैन भनेर धेरैले भनेका छन् ?

हल्का रूपमा त कसले लिएको छ र ? हल्का रूपले तिनीहरूले लिनुहुँदैन जो रोगी छन् । दीर्घ रोग छ भने यो समुह बढी जोखिममा छ । यसमा स्वास्थ्यकर्मीहरूले बचाउनुपर्छ । किनभने उहाँहरू अग्रपंक्तिमा हुनुहुन्छ । बाँकी संख्यालाई एउटै आँखाले हेर्नुहुँदैन ।

त्यसोभए अब जनजीवन सरलता, सहजतातिर जानुपर्छ ?

एकदमै सहजतातिर जानुपर्छ । यो हामी नेपालको लागि मात्र भनेका छैनौँ । संसारको स्थिति यही भईरहेको छ । भारत, पाकिस्तान र बंगलादेशलाई हेर्नुस्, त्यहाँ संक्रमण कडा हुँदाहुँदै पनि खुकुलो गरेर लगेका छन्, त्यहाँको राज्यले किनभने उहाँहरूले थाहा पाएका छन् ।

निषेधाज्ञा आजको आवश्यकता होइन ? निषेधाज्ञा जरुरी छ भनेर सि.डि.ओ साहबहरूले भनिरहनुभएको छ नि ?

निषेधाज्ञा आवश्यता छैन । उहाँहरूले त अर्को वर्ष पनि निषेधाज्ञा गर्नुपर्छ भनेर भन्नुहुन्छ नि । हामीले जनस्वास्थ्यको हिसाबले कुरा गर्दाखेरि हामी अरू जनजीवनका कुरा गर्ने कि खाली कोभिड कोभिड भन्दै जनतालाई एकदम दुःख दिने ? अब त्यो निर्णय गर्ने बेला आयो के ? अरू देशले निर्णय गर्छन् भने हामी किन अलमल गर्छौँ ?

अरू देशले के गरेको छ भन्दा पनि नेपालको वास्तविकतातिर जाऔँ न । नेपाली जनताहरू अझै पनि सामाजिक दूरीमा बस्न नचाहेको देखियो नि ?

नागरिकलाई सुरक्षाको मापदण्डमा चलाएर तर्साउने काम गर्नुहुँदैन । हामी आफैले पनि मास्क लगाउन के कठिन छ र ? संक्रमणको दर बढ्छ भने अरू देशलाई हेरौँ । तर हामीले पनि भनेको मानेनन् भने राज्यले पनि त कडिकडाउ गर्नुपर्छ नि त ।

कोरोनाको कहरको कुरा गर्दा जोखिम त अहिले पनि छ नि ?

हामी जहिले पनि संक्रमण संक्रमण भन्छौँ के । त्यो संक्रमणको निष्कर्ष के रह्यो त ? अहिलेको समयमा संक्रमणको दर त बढ्दो संख्यामा छ । हामीले यतिजना संक्रमण भयो भनेर जाने होइन । हामी त यति जना ठिक भए भनेर जाने हो । हामीले ठिक भएको मान्छे गन्दै बस्नुपर्छ ।

अहिलेको अवस्थामा निषेधाज्ञाको आवश्यकता छैन भनेर तपाईले भनिरहँदाखेरि अब कोरोनाको कहरको कुरा गरिरहँदाखेरि संक्रमणको संख्या त बढ्न थाल्यो नि फेरि ? समस्या त छ नि त ?

संक्रमण बढिरहेको छ । त्यो अझैपनि बढि नै रहेको छ । जहाँ जहाँ बढेको छ, त्यहाँ मास्क लगाएर सामाजिक दूरी कायम गर्नुपर्छ । जहाँ धेरै संक्रमण छ, त्यहाँ परीक्षण गर्ने हो । स्मार्ट विकल्प त्यही हो । जहाँ जहाँ संक्रमण त्यहाँ कडिकडाउ गरौँ । मास्क लगाऔँ । यति सजिलो कुरालाई मान्छेहरूले धेरै ठुलो बनाईरहेका छन् । रिपोटर्स नेपालबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५, शुक्रबार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय
२०८३ असार ५, शुक्रबार
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
२०८३ असार ५, शुक्रबार
पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार
आजको मौसम : यी ठाउँमा वर्षा र हिमपातको सम्भावना
२०८३ असार ५, शुक्रबार