काठमाडौं, २९ कात्तिक । स्ववियु परिषद् नेपालको राष्ट्रिय अधिवेशन व्यवस्थापन गर्नका लागि राज थेवेको संयोजकत्वमा सात सदस्यीय राष्ट्रिय अधिवेशन व्यवस्थापन समिति गठन गरिएको छ ।
नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गदै थेबेको नेतृत्वमा पंकज कुमार क्षेत्री (सुबेदी), कमला सिंह शाही, अमृत कार्की, मेधराज थापा, करुणा सागर सिग्देल र लक्ष्मी कुमारी बोगटी सदस्य रहेको समिति बनाएको हो ।
स्ववियु परिषद् नेपालको अधिवेशन आगामी मंसिर ११, १२ र १३ गते त्रिभुवन विश्वविद्यालय परिसर, कीर्तिपुरमा हुने कार्यतालिका रहेको छ ।


प्रतिक्रिया