काठमाडौं, २९ कात्तिक । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले प्रधानमन्त्री सुशीला कार्कीलाई दलहरु सिध्याउने जिम्मेवारी दिइएको टिप्पणी गरेका छन् । आज (शनिबार) एमाले चितवनले अयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री कार्कीले दलहरु सिध्यान सकिनन् भने अर्को व्यक्तिलाई जिम्मेवारी दिइने बताए ।
‘सुशीला कार्कीलाई दलहरूलाई सिध्याउने जिम्मेवारी दिइएको छ। उनले सकिनन् भने अर्को व्यक्तिलाई जिम्मेवारी दिन्छन्,’– उनले भने ।
साथै, उनले स्थापित दलहरूले आत्मसमर्पण गरे भनेमात्रै आगामी फागुन २१ गते चुनाव सम्भव रहेको बताए । शैन्य अड्डा बनाउन दिने र पश्चिमा शक्तिको हितमा काम गर्छौं भनेर आत्मसमर्पण गर्नेलाई मात्रै चुनावमा जिताइने उनले बताए ।
उपाध्यक्ष बादलले पश्चिमाले चीन र भारतलाई टुक्राउने योजनाअन्तर्गत नेपालमा खेलिरहेको दाबी गरे । उनले नेपालको जलस्रोत, युरेनियमलगायतका खनिजमा कब्जा जमाउने, चीन र भारतको बजारमा विस्तार गर्ने पश्चिमा शक्तिको चाहना रहेको बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया