काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेश सभापति डा. अच्युत्तम लामिछानेलाई स्पष्टीकरण सोधेको छ।
रास्वपाबाट बाहिरिने नेताहरूप्रति लामिछानेले सार्वजनिक रूपमा व्यक्त गरेको टिप्पणीप्रति चासो बढ्दै गएपछि पार्टीले औपचारिक रूपमा स्पष्टीकरण मागेको हो।
रास्वपाका पूर्व प्रमुख सचेतक सन्तोष परियारले पार्टी परित्याग गरेको विषयमा प्रतिक्रिया जनाउँदै सभापति लामिछानेले “जान मन लाग्नेहरू रास्वपा छोडे हुने” भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइ पार्टीको मर्यादा र अनुशासन विपरीत रहेको ठहर गर्दै पार्टी अनुशासन समितिले २४ घण्टाभित्र लिखित स्पष्टीकरण दिन भनेको शीर्ष तहका एक नेताले जानकारी दिएका छन्।
पार्टीभित्र हालै देखिएको आन्तरिक असन्तुष्टि र बाहिरिने नेताहरूको क्रमसँगै लामिछानेको अभिव्यक्तिले थप विवाद निम्त्याएको बताइन्छ। अनुशासन समितिको छानबिनपछि आवश्यक कारबाहीबारे निर्णय हुने रास्वपा स्रोतको भनाइ छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया