कार्तिक २५, २०८३ बुधबार November 11, 2026

सिमरा क्षेत्रमा आज पनि जेनजी युवाको प्रदर्शन जारी

लगातारको प्रदर्शनका कारण सिमरा तथा आसपास क्षेत्रका सामुदायिक र निजी विद्यालयहरूको पठनपाठन बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । बाराको सिमरा क्षेत्रमा आज पनि तनावबाट ग्रस्त अवस्थामै प्रदर्शन जारी छ। बुधबार नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबीच भएको झडपपछि उत्पन्न स्थिति आज पनि शान्त भएको छैन।

बुधबार दिनभर झडप, ढुंगा–मुढा र धपेडी चलेपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गर्दै स्थिति नियन्त्रणमा लिएको थियो। साँझ प्रहरी–प्रशासन र आन्दोलनरत युवाबीच सहमति भएपछि सडक सञ्चालनमा आए पनि आन्दोलन भने आज पुनः चर्किएको छ।

बिहिबार बिहान १० बजेदेखि जेनजी युवाहरू एमालेका नेता तथा कार्यकर्ताले कुटपिट गरेको आरोपित व्यक्तिहरूको तत्काल पक्राउ माग गर्दै सिमरा चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्।

लगातारको प्रदर्शनका कारण सिमरा तथा आसपास क्षेत्रका सामुदायिक र निजी विद्यालयहरूको पठनपाठन बन्द गरिएको छ। स्थानीय बासिन्दा निरन्तर तनावग्रस्त वातावरणका कारण घरबाहिर निस्कनसमेत हिच्किचाइरहेका छन्।

प्रहरी प्रशासनले स्थिति नियन्त्रणमा लिन अतिरिक्त टोली परिचालन गरेको छ भने वार्ता र मध्यस्थताबाट विवाद समाधान गर्ने प्रयास जारी रहेको जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Bhai Tika strengthens bonds of love among siblings : PM Shah
२०८३ कार्तिक २५, बुधबार
धार्मिक, सामाजिक र सांस्कृतिक विविधताबीच सद्भाव कायम गर्न फाल्गुनन्दको योगदान : राष्ट्रपति पौडेल
२०८३ कार्तिक २५, बुधबार
विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ कार्तिक २५, बुधबार
बाढीपहिरोले अवरुद्ध बेनीको खानेपानी सेवा वैकल्पिक पाइपलाइनबाट सञ्चालनमा
२०८३ कार्तिक २५, बुधबार
फेरिँदै देउसीभैलो खेल्ने शैली
२०८३ कार्तिक २५, बुधबार
भाइटीकाले पारिवारिक प्रेम, विश्वास र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री शाह
२०८३ कार्तिक २५, बुधबार
फाल्गुनन्दका विचार आज पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी छन् : उपराष्ट्रपति यादव
२०८३ कार्तिक २५, बुधबार