असोज १४, २०८३ बुधबार September 30, 2026

स्वतन्त्र हिँडडुल र अभिव्यक्ति सुनिश्चित नगरे प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : बाबुराम आचार्य

“महेश बस्नेतमाथि आक्रमणको निन्दा, सुशीला कार्की सरकारको सुरक्षा व्यवस्थाप्रति प्रश्न”

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ : नेपाली काँग्रेसका युवा नेता बाबुराम आचार्यले कोशी प्रदेशमा काँग्रेस नेता महेश बस्नेतमाथि भएको आक्रमण प्रयासको निन्दा गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले यस्तो अवस्थाले नागरिकको स्वतन्त्र आवागमन, अभिव्यक्ति तथा सुरक्षा सुनिश्चित गर्ने राज्यको जिम्मेवारीप्रति गम्भीर प्रश्न उठाएको टिप्पणी गरेका छन्।

आचार्यले लेखेका छन्, ‘कुनै पनि नागरिकले शान्तिपूर्ण रूपमा हिँडडुल गर्न पाउने लोकतान्त्रिक अधिकार सुरक्षित गर्न सरकारसँग माग गर्दछु।’

उनका अनुसार विगतमा माओवादी र प्रचण्ड नेतृत्वका कार्यकर्ताले सडकमा डराउने वातावरण बनाएको स्मरण गराउँदै अहिले पनि विभिन्न नामका आपराधिक समूह सक्रिय देखिनु लोकतन्त्रका लागि घातक छ।

आचार्यले सुशीला कार्की नेतृत्वको सरकारले समाजमा बढ्दो असुरक्षा नियन्त्रण गर्न नसकेको भन्दै कडा आलोचना गरेका छन्।

उनले भनेका छन्,‘जेएनजीका सुशासन लगायतका माग पूरा गर्दै निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने जिम्मेवारी सुशीला कार्की सरकारमाथि छ। यदि राजनीतिक दलका नेता–कार्यकर्ताले स्वतन्त्र रूपमा हिँड्न र बोल्न नपाउने अवस्था रह्यो भने निर्वाचनमा उम्मेदवार कसरी उठ्ने?’

आचार्यले सुशीला कार्कीलाई सीधा प्रश्न गर्दै थपे– ‘फागुन २१ गते होस् वा केही सरेर होस्, निर्वाचन अवश्य हुन्छ। तर एक ठाउँबाट अर्को ठाउँ जान पाउने, बोल्न र लेख्न पाउने वातावरण बनाउने दायित्व सरकारको पहिलो कर्तव्य हो। यो पूरा गर्नुभएन भने तपाईँ २०७४ मा ग्यास–चामल पुर्‍याउने भन्दै हावा आश्वासन दिई चुनाव जितेका केपी ओलीभन्दा पनि हावा साबित हुनुभयो भने अचम्म मान्नु पर्दैन।’

उनले पाँच दिनमै भ्रष्टाचार हटाइदिने भन्दै जेएनजीलाई समेत ‘ढाँटी’ प्रधानमन्त्री हटाएको आरोप पनि लगाए। आचार्य लेख्छन्,‘लोकतन्त्रका सामान्य आवश्यकता पूरा नगर्ने हो भने नेपाली जनताले तपाईँलाई अन्तर्राष्ट्रिय स्तरकै हावाको रूपमा लिन सक्छन्। जेएनजीले नै तपाईँलाई राजीनामा मागिसकेका छन्, प्रधानमन्त्री बनाउनेले नै राजीनामा मागेपछि तपाईँमाथि कसले विश्वास गर्ने?’ उनले शान्तिपूर्ण वातावरण सिर्जना गर्न नसक्ने हो भने तत्काल राजीनामा दिन समेत सुझाव दिएका छन्।

आचार्यले अन्त्यमा लेखेका छन्– ‘महेश बस्नेत वा जो कोही नेता होस्, लेख्न, बोल्न र स्वतन्त्र रूपमा हिँड्न पाउने वातावरण बनाउनुहोस्। यो पनि गर्न नसक्ने हो भने पदबाट हट्नुहोस्। तपाईँले छाडे पनि प्रधानमन्त्री बस्न चाहनेहरू धेरै छन्। पहिलो जिम्मेवारी पूरा गर्नुहोस्।

WhatsApp Image 2025-11-23 at 15.17.47

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार
कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता
२०८३ असोज १४, बुधबार