कार्तिक २५, २०८३ बुधबार November 11, 2026

जेन-जीहरुको गुनासो महादेव आए पनि पूरा गर्न गाह्रो : शिक्षामन्त्री पुन

जेन–जीहरुको गुनासो अहिले नै पूरा गर्ने सबै भन्ने हुँदैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, ८ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेन–जीहरुको गुनासो अहिले पूरा गर्न सकिने अवस्था नरहेको बताएका छन् । मन्त्रिपरिषद्को बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले जेन–जीहरुको गुनासो महादेव आए पनि पूरा गर्न गाह्रो रहेको टिप्पणी गरे ।

‘जेन–जीहरुको गुनासो अहिले नै पूरा गर्ने सबै भन्ने हुँदैन । यो समयअनुसार पूरा गर्दै जाने हो । म मन्त्री भएको दुई महिनामा सबै कुरा कसले पूरा गर्न सक्छ ? यस्तो किसिमको परिस्थितिमा महादेवजी आउनुभयो भने पनि महादेवजीलाई पनि गाह्रो हुन्छ भने हामी त मनुष्य भइहालियो,’– उनले भने ।

उनले निःशुल्क शिक्षाका लागि अझै निकै पर्खिनुपर्ने पनि बताए । निःशुल्क शिक्षाका लागि देशको बन्नुपर्ने र त्यसपछि हुने उनले बताए । साथै, प्रधानमन्त्री सुशीला कार्कीको ब्यस्तताले आज जेन–जीहरुसँग भेट्न नसकिएको पनि उनले जानकारी गराए । मिराज ढुङ्गानालगायतका जेन–जीहरु आज प्रधानमन्त्री भेट्न सिंहदरबार पुगेका थिए । प्रधानमन्त्रीको समय नपाएपछि उनीहरुले बाहिर नै माग पत्र टाँसेर फर्किएका थिए ।

‘बेस्तताले गर्दाखेरी भेट्न मान्नु भएन होला । जेन–जीहरुलाई उहाँले भेटिइरहनुभएको छ । सबै किसिमका जेन–जीहरुलाई भेटिरहनुभएको छ । आज चाहिँ भेट्नुभएन होला, बेस्त हुनुहुन्छ होला । त्यो कुरा मलाई थाहा छैन,’– उनले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाढीपहिरोले अवरुद्ध बेनीको खानेपानी सेवा वैकल्पिक पाइपलाइनबाट सञ्चालनमा
२०८३ कार्तिक २५, बुधबार
फेरिँदै देउसीभैलो खेल्ने शैली
२०८३ कार्तिक २५, बुधबार
भाइटीकाले पारिवारिक प्रेम, विश्वास र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री शाह
२०८३ कार्तिक २५, बुधबार
फाल्गुनन्दका विचार आज पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी छन् : उपराष्ट्रपति यादव
२०८३ कार्तिक २५, बुधबार
Bhai Tika Celebrated Across Nepal as Brothers Receive Tika from Sisters
२०८३ कार्तिक २५, बुधबार
तिहारको अन्तिम दिन भाइटीका आज, उत्तम साइत बिहान ११:०७ बजे
२०८३ कार्तिक २५, बुधबार
भाइटीकामा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीले चलायो निःशुल्क बस
२०८३ कार्तिक २५, बुधबार