असार ५, २०८३ शुक्रबार June 19, 2026

कोरोना कालो प्लेटलाई लाग्ने, रातो प्लेटलाई नलाग्ने हुन्छ ? यो कस्तो विभेद हो । : सरोज सिटौला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अब यातायातहरू सुचारु हुन्छन् ?

पक्कै पनि हिजो निषेधाज्ञालाई खुकुलो गर्ने क्रममा सार्वजनिक सवारी साधनलाई पनि चलाउने भन्ने कुराको हामीले विभिन्न सञ्चारमाध्यमबाट थाहा पाएका छौँ । त्यसअनुसार सवारीसाधन आजबाट राजधानीको विभिन्न क्षेत्रमा चल्नेछ । नेपाल यातायात मजदुर संगठन, अखिल नेपाल यातायात संघ र नेपाल यातायात संघका ती वटै अध्यक्षको टोलीसहित महानिर्देशक रुद्र हमालजीले बोलाउनुभएको थियो । कोभिडको कारणले ६ महिनासम्म नेपालको यातायात क्षेत्र १० खर्ब अनुमानित लगानी भएको १० लाख प्रत्यक्ष रोजगार र ४० लाख व्यक्तिहरूको हाल बेहाल भएको छ । बैंकहरूबाट हामीलाई बिना ब्याजको केही पनि गरिएको छैन । हाम्रा गाडीहरू भीर पाखा, खेतमा बसेका छन्, ६ महिनादेखि । गाडी ध्वस्त भएका छन्, खिया लागेका छन् । गाडीको तापक्रममा असर परेको छ । गाडीको इन्जिन बिग्रिएको छ । अहिले हामीलाई प्रदुषण जाँच र चालकको लाईसेन्सको विषयमा छुट गराईनुपर्छ । करमा छुट गराईनुपर्छ । किस्तामा ५ प्रतिशत हुन्छ । त्यो पनि क्लियर गरिदिनुपर्छ । यसलाई अढाई वर्ष सार्नुपर्छ, किनभने यो कोभिड कहिलेसम्म चल्छ र यात्रुहरू कहिलेसम्म सार्वजनिक यातायातमा चढ्दैनन् भन्ने कुरामा निरन्तर रूपमा ध्यान दिन जरुरी छ ।

आजबाट जसरी यातायात सुचारु हुँदैछ, काठमाडौँ बाहिर आउन जान पनि पाउँछन् ?

क्लियर रूपमा काठमाडौँभित्र या बाहिर भनेर बोलिएको छैन । उपत्यकाको विषयमा हिजो निर्णय गरिएको छ ।

लामो दुरीका यातायातहरू चल्छन् कि चल्दैनन् ?

लामो दुरीको कुरा यसमा आएको छैन ।

तर तपाईहरूले चलाउने भनेर घोषणा गर्नुभएको छ ?

हामीले असोजको १ गतेबाट सरकारले लामो दुरीको सवारी साधनहरू पनि चलाउने भनेर पहिले नै निर्णय गरिसकेको हुनाले त्यो निर्णयलाई कार्यान्वयन गरिनुपर्छ । अब खाली कोभिडको विषयमा अल्झेर भएन । मजदुरहरू भोकै भए । अब कुनै पनि हालतले रोकिनुहुँदैन । विभागमार्फत सम्बन्धित निकाय जहाँ निर्णय गर्ने ठाउँ हो, हाम्रो मागलाई कार्यान्वयन हुनुपर्छ । होइन भने मुलुकको यातायातको अवस्था धान्न सक्ने अवस्था छैन । मजदुर सडकमा आउने अवस्था भईसक्यो ।

लामो दुरीको यातायातको कुरा गर्दाखेरि अब दशैँ तिहार पनि आउँदैछ । सबैलाई घर जानुपर्छ । यो अवस्थामा यातायात चलाउनुपर्छ, त्यो सही हो ?

अब चलाउनुपर्छ । सरकारले पूर्वाधार बनाईदिनुपर्छ । देशको सञ्चालनको प्रक्रिया बनाईदिनुपर्छ । कोरोना कालो प्लेटलाई लाग्ने, रातो प्लेटलाई नलाग्ने हुन्छ ? यो कस्तो विभेद हो । हामीले सबै विभागहरूमा पत्रहरू पठायौँ । नेपाली जनता यति ठगेको छ । आज कालो प्लेटलाई किन विभेद गरियो ? मजदुरहरू भोकभोकै छन् । तल्लो वर्गका मानिसहरू भोकभोकै छन् । आज रातो प्लेटका गाडीहरूले लाखौँलाख लुटेको छ । तर यातायात विभागमा ५ रूपैयाँ कतै बढी लिईयो भने त्यसमा लुटे भनेर नागरिक समाजदेखि हरेक क्षेत्रबाट आउने गर्छ ।

१६ सिटभन्दा मुनिका यातायात सञ्चालन गर्न नपाउने ?

यसमा माइक्रो र ट्याम्पुहरूलाई असर पर्छ । यो निर्णय लिँदा हामीसँग पनि छलफल गर्नुपथ्र्यो । माइक्रो र ट्याम्पुहरूलाई तिनका बैंकहरूले पेलिरहेका छन् । यसमा विषयमा के गर्ने ? यो अलिकति विभेद भएको छ भन्ने कुरा आएको छ । सार्वजनिक सवारी साधन अब देशभरि चलाउनुपर्छ । रातो प्लेटको गाडीमा खचाखच मान्छे बोकेर हिँड्ने अनि कालो प्लेटको गाडी चल्न नदिने ? त्यसैले सानो, ठुलो भनेर विभेद नगरिकन सार्वजनिक गाडी चलाउन सरकारले दिनुपर्छ । रिपोटर्स नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५, शुक्रबार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय
२०८३ असार ५, शुक्रबार
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
२०८३ असार ५, शुक्रबार
पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार
आजको मौसम : यी ठाउँमा वर्षा र हिमपातको सम्भावना
२०८३ असार ५, शुक्रबार