जेठ ६, २०८१ आइतबार May 19, 2024

कोरोना कालो प्लेटलाई लाग्ने, रातो प्लेटलाई नलाग्ने हुन्छ ? यो कस्तो विभेद हो । : सरोज सिटौला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अब यातायातहरू सुचारु हुन्छन् ?

पक्कै पनि हिजो निषेधाज्ञालाई खुकुलो गर्ने क्रममा सार्वजनिक सवारी साधनलाई पनि चलाउने भन्ने कुराको हामीले विभिन्न सञ्चारमाध्यमबाट थाहा पाएका छौँ । त्यसअनुसार सवारीसाधन आजबाट राजधानीको विभिन्न क्षेत्रमा चल्नेछ । नेपाल यातायात मजदुर संगठन, अखिल नेपाल यातायात संघ र नेपाल यातायात संघका ती वटै अध्यक्षको टोलीसहित महानिर्देशक रुद्र हमालजीले बोलाउनुभएको थियो । कोभिडको कारणले ६ महिनासम्म नेपालको यातायात क्षेत्र १० खर्ब अनुमानित लगानी भएको १० लाख प्रत्यक्ष रोजगार र ४० लाख व्यक्तिहरूको हाल बेहाल भएको छ । बैंकहरूबाट हामीलाई बिना ब्याजको केही पनि गरिएको छैन । हाम्रा गाडीहरू भीर पाखा, खेतमा बसेका छन्, ६ महिनादेखि । गाडी ध्वस्त भएका छन्, खिया लागेका छन् । गाडीको तापक्रममा असर परेको छ । गाडीको इन्जिन बिग्रिएको छ । अहिले हामीलाई प्रदुषण जाँच र चालकको लाईसेन्सको विषयमा छुट गराईनुपर्छ । करमा छुट गराईनुपर्छ । किस्तामा ५ प्रतिशत हुन्छ । त्यो पनि क्लियर गरिदिनुपर्छ । यसलाई अढाई वर्ष सार्नुपर्छ, किनभने यो कोभिड कहिलेसम्म चल्छ र यात्रुहरू कहिलेसम्म सार्वजनिक यातायातमा चढ्दैनन् भन्ने कुरामा निरन्तर रूपमा ध्यान दिन जरुरी छ ।

आजबाट जसरी यातायात सुचारु हुँदैछ, काठमाडौँ बाहिर आउन जान पनि पाउँछन् ?

क्लियर रूपमा काठमाडौँभित्र या बाहिर भनेर बोलिएको छैन । उपत्यकाको विषयमा हिजो निर्णय गरिएको छ ।

लामो दुरीका यातायातहरू चल्छन् कि चल्दैनन् ?

लामो दुरीको कुरा यसमा आएको छैन ।

तर तपाईहरूले चलाउने भनेर घोषणा गर्नुभएको छ ?

हामीले असोजको १ गतेबाट सरकारले लामो दुरीको सवारी साधनहरू पनि चलाउने भनेर पहिले नै निर्णय गरिसकेको हुनाले त्यो निर्णयलाई कार्यान्वयन गरिनुपर्छ । अब खाली कोभिडको विषयमा अल्झेर भएन । मजदुरहरू भोकै भए । अब कुनै पनि हालतले रोकिनुहुँदैन । विभागमार्फत सम्बन्धित निकाय जहाँ निर्णय गर्ने ठाउँ हो, हाम्रो मागलाई कार्यान्वयन हुनुपर्छ । होइन भने मुलुकको यातायातको अवस्था धान्न सक्ने अवस्था छैन । मजदुर सडकमा आउने अवस्था भईसक्यो ।

लामो दुरीको यातायातको कुरा गर्दाखेरि अब दशैँ तिहार पनि आउँदैछ । सबैलाई घर जानुपर्छ । यो अवस्थामा यातायात चलाउनुपर्छ, त्यो सही हो ?

अब चलाउनुपर्छ । सरकारले पूर्वाधार बनाईदिनुपर्छ । देशको सञ्चालनको प्रक्रिया बनाईदिनुपर्छ । कोरोना कालो प्लेटलाई लाग्ने, रातो प्लेटलाई नलाग्ने हुन्छ ? यो कस्तो विभेद हो । हामीले सबै विभागहरूमा पत्रहरू पठायौँ । नेपाली जनता यति ठगेको छ । आज कालो प्लेटलाई किन विभेद गरियो ? मजदुरहरू भोकभोकै छन् । तल्लो वर्गका मानिसहरू भोकभोकै छन् । आज रातो प्लेटका गाडीहरूले लाखौँलाख लुटेको छ । तर यातायात विभागमा ५ रूपैयाँ कतै बढी लिईयो भने त्यसमा लुटे भनेर नागरिक समाजदेखि हरेक क्षेत्रबाट आउने गर्छ ।

१६ सिटभन्दा मुनिका यातायात सञ्चालन गर्न नपाउने ?

यसमा माइक्रो र ट्याम्पुहरूलाई असर पर्छ । यो निर्णय लिँदा हामीसँग पनि छलफल गर्नुपथ्र्यो । माइक्रो र ट्याम्पुहरूलाई तिनका बैंकहरूले पेलिरहेका छन् । यसमा विषयमा के गर्ने ? यो अलिकति विभेद भएको छ भन्ने कुरा आएको छ । सार्वजनिक सवारी साधन अब देशभरि चलाउनुपर्छ । रातो प्लेटको गाडीमा खचाखच मान्छे बोकेर हिँड्ने अनि कालो प्लेटको गाडी चल्न नदिने ? त्यसैले सानो, ठुलो भनेर विभेद नगरिकन सार्वजनिक गाडी चलाउन सरकारले दिनुपर्छ । रिपोटर्स नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया