कार्तिक २५, २०८३ बुधबार November 11, 2026

आगामी निर्वाचनका लागि देशभर १६८ नयाँ मतदानस्थल थपिए, ९३ खारेज

देशभर कुल मतदानस्थल संख्या १०,९६७ पुगे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ। आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई व्यवस्थित र मतदातामैत्री बनाउन निर्वाचन आयोगले देशभरका मतदानस्थलहरूको व्यापक पुनरावलोकन गरेको छ। आयोगको आइतबारको निर्णय अनुसार १६८ नयाँ मतदानस्थल थप गरिएका छन् भने ९३ मतदानस्थल खारेज गरिएको छ।

यो समायोजनसँगै साविकका १०,८९२ मतदानस्थलमा खुद ७५ मतदानस्थल थपिँदै देशभर कुल मतदानस्थल संख्या १०,९६७ पुगेको आयोगले जनाएको छ।

पुनरावलोकनका क्रममा मतदानस्थलका नाम तथा ठेगाना सम्बन्धी त्रुटि सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा स्थानान्तरण गर्ने, जिर्ण वा प्रयोगमा नरहेका स्थान हटाउने, तथा आवश्यकताअनुसार नजिकैका अन्य मतदानस्थलसँग समायोजन गर्ने कार्य सम्पन्न गरिएको आयोगले जानकारी दिएको छ।

आयोगले यस कार्यमा सहकार्य र समन्वय गर्ने वडा, जिल्ला तथा केन्द्रीय तहका समितिहरू, साथै सबै राजनीतिक दल तथा सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Bhai Tika Celebrated Across Nepal as Brothers Receive Tika from Sisters
२०८३ कार्तिक २५, बुधबार
तिहारको अन्तिम दिन भाइटीका आज, उत्तम साइत बिहान ११:०७ बजे
२०८३ कार्तिक २५, बुधबार
भाइटीकामा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीले चलायो निःशुल्क बस
२०८३ कार्तिक २५, बुधबार
काठमाडौं उपत्यकामा ५१२ ट्राफिक नियम उल्लंघनकर्ता कारबाहीमा
२०८३ कार्तिक २५, बुधबार
आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र हिमपातको पूर्वानुमान
२०८३ कार्तिक २५, बुधबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २५, बुधबार
आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल
२०८३ कार्तिक २४, मंगलबार