मंग्सिर २६, २०८२ शुक्रबार December 12, 2025

सिरहाको दक्षिणी सीमा नाकामा ब्यापक कडाइ-शंकास्पद व्यक्तिमाथि उच्च निगरानी

शंकास्पद व्यक्ति प्रवेश गरेको अवस्थामा नजिकको सुरक्षा निकायमा खबर गर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, १६ मंसिर  । सिरहा जिल्लामा सुरक्षात्मक सतर्कता उच्च बनाइएको छ। जिल्ला प्रशासन कार्यालय, सिरहाले मंगलबार सूचना जारी गर्दै नेपाल–भारत खुला सीमाबाट परिचय नखुलेका वा शंकास्पद व्यक्तिहरू अवैध रूपमा प्रवेश गर्न सक्ने जोखिम बढेकाले सबै सीमा नाकामा कडाइ गरिएको जानकारी दिएको हो।

जिल्लाभित्र शंकास्पद व्यक्ति प्रवेश गरेको अवस्थामा नजिकको सुरक्षा निकायमा खबर गर्न पनि प्रशासनले आग्रह गरेको छ । यस्तै, कुनै पनि परिचय नखुलेका व्यक्तिलाई घरमा बसोबास गर्न नदिन र कुनै कामकाजमा नलगाउन पनि प्रशासनले आग्रह गरेको छ ।

सुरक्षा स्रोतका अनुसार सीमामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय प्रशासनबीच सहकार्य गरेर चेकपोस्ट र अस्थायी निगरानी बिन्दुहरू थपिएको छ। प्रशासनले जोखिम न्यूनीकरणका लागि नागरिकको सक्रिय सहयोग अनिवार्य रहेको बताएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आम्दानी बढेसँगै सेवा विस्तार, दैनिक ३०० बिरामीको उपचार गर्दै बूढानीलकण्ठको नगर अस्पताल
२०८२ मंग्सिर २६, शुक्रबार
पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’
२०८२ मंग्सिर २६, शुक्रबार
आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य
२०८२ मंग्सिर २६, शुक्रबार
टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’
२०८२ मंग्सिर २६, शुक्रबार
एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण
२०८२ मंग्सिर २६, शुक्रबार
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९भेडा–च्याङ्ग्रा ठहरै
२०८२ मंग्सिर २६, शुक्रबार
मुग्लिन पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र शुरु
२०८२ मंग्सिर २६, शुक्रबार