माघ २, २०८२ शुक्रबार January 16, 2026

मुख्यमन्त्री यादवले बुझाए प्रदेश प्रमुखलाई राजीनामा पत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले राजीनमा पत्र बुझाएका छन् । उनले केहीबेर अघि मात्र मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ समक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।

उनले सम्मानित सर्वाच्च अदालतको आदेशलाई शिरोधार्य गर्दै राजनीतिक परिस्थितिले देखाएको सन्देशलाई आत्मसाथ गर्दै, नागरिकको भावना र प्रदेशको व्यापक हितलाई ध्यानमा राखदै मुख्यमन्त्री पदबाट राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् ।

मुख्यमन्त्री यादवले आज प्रदेश सभाको बैठकमा विश्वासको मत लिने भनेकोमा आफ्नौ मनत्व्य राख्दै विश्वासको मत नलिई बैठकबाटै राजीनामा दिएको घोषणा गरेका थिए । उनले मनत्व्य राखिरह्दा ७ राजनितिक दलका सांसदहरु बैठकबाट बाहिरिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया