कार्तिक २५, २०८३ बुधबार November 11, 2026

प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पत्राचार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ: प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उहाँले शुक्रबार अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले सो बैठकमा जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पनि आह्वान गर्नुभएको छ । आगामी फागुन २१ गतेको निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकावाला पक्षसँग निरन्तर छलफल गर्दै आएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत साना तथा मधेस केन्द्रित दलले निर्वाचन केन्द्रित गतिविधि अगाडी बढाएका छन् ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Bhai Tika Celebrated Across Nepal as Brothers Receive Tika from Sisters
२०८३ कार्तिक २५, बुधबार
तिहारको अन्तिम दिन भाइटीका आज, उत्तम साइत बिहान ११:०७ बजे
२०८३ कार्तिक २५, बुधबार
भाइटीकामा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीले चलायो निःशुल्क बस
२०८३ कार्तिक २५, बुधबार
काठमाडौं उपत्यकामा ५१२ ट्राफिक नियम उल्लंघनकर्ता कारबाहीमा
२०८३ कार्तिक २५, बुधबार
आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र हिमपातको पूर्वानुमान
२०८३ कार्तिक २५, बुधबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २५, बुधबार
आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल
२०८३ कार्तिक २४, मंगलबार