कार्तिक २५, २०८३ बुधबार November 11, 2026

मधेश प्रदेशको छैटौँ मुख्यमन्त्रीमा काँग्रेसका कृष्णप्रसाद यादव नियुक्त

६ दलका नेताहरूको समर्थनमा मुख्यमन्त्री बने यादव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जनकपुरधाम । मधेश प्रदेश प्रमुख प्राध्यापक डा. सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्रीमा नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई नियुक्त गर्नुभएको छ ।

प्रदेश प्रमुख डा कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई नियुक्त गर्नुभएको हो ।

त्यसअघि नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न सात दलले ७७ जना प्रदेश सभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए ।

दाबी पेश गर्नेहरूमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी दल रहेका छन् । यस अघि सात दलीय गठबन्धनमा रहेका नागरिक उन्मुक्ति पार्टीकी उर्मिला सिंह बाटोमै भएका कारण दाबी पत्रमा उहाँको हस्ताक्षर हुन बाँकी रहे पनि समर्थन रहेको ६ दलका नेताहरूले बताउनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Bhai Tika Celebrated Across Nepal as Brothers Receive Tika from Sisters
२०८३ कार्तिक २५, बुधबार
तिहारको अन्तिम दिन भाइटीका आज, उत्तम साइत बिहान ११:०७ बजे
२०८३ कार्तिक २५, बुधबार
भाइटीकामा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीले चलायो निःशुल्क बस
२०८३ कार्तिक २५, बुधबार
काठमाडौं उपत्यकामा ५१२ ट्राफिक नियम उल्लंघनकर्ता कारबाहीमा
२०८३ कार्तिक २५, बुधबार
आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र हिमपातको पूर्वानुमान
२०८३ कार्तिक २५, बुधबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २५, बुधबार
आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल
२०८३ कार्तिक २४, मंगलबार