मंग्सिर ९, २०८३ बुधबार November 25, 2026

नेकपा (क्रान्तिकारी केन्द्र), बोल्सेविक र रेडफोर्स नेपाल पार्टीबीच एकता

१६ बुँदे जनजीविका–सम्बन्धी माग पूरा नभए पार्टीले फागुन २१ को निर्वाचनमा सहभागी नहुने घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (जनपक्ष)ले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले ‘ओली पथ’ पछ्याउँदै जेनजी बिद्रोहमाथि दमन हुने अवस्था जोगाएको आरोप लगाएको छ। बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार सुनिश्चित नभए संघर्षमा उत्रिने चेतावनी समेत दिएको छ ।

पार्टीका प्रवक्ता दिनेश बर्तौलाले नेकपा (क्रान्तिकारी केन्द्र), नेकपा (बोल्सेविक) र रेडफोर्स नेपाल पार्टीबीच एकता भएर जनपक्ष बनेको जानकारी दिए। उनका अनुसार जेनजी बिद्रोहको भूमिकाबाट स्थापित कार्की सरकारसमेत जनविरोधी प्रवृत्ति देखाउँदै अघि बढेको बताए ।

बर्तौलाले राष्ट्रघाति भन्दै आएका इम्बोस्ड नम्बर प्लेट र राष्ट्रिय परिचयपत्र अनिवार्यता खारेज नगरे प्रतिवादमा उत्रिन बाध्य हुने चेतावनी दिए। उनले सरकारलाई बुझाइएका १६ बुँदे जनजीविका–सम्बन्धी माग पूरा नभए पार्टीले फागुन २१ को निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन् ।

यही क्रममा केन्द्रीय सदस्य इन्दिरा अधिकारीले विदेशमा रहेका श्रमिक, विद्यार्थी तथा नेपाली नागरिकलाई आगामी फागुन २१ गतेकै चुनावमा मताधिकार सुनिश्चित गर्नुपर्ने माग राखिन्। राजनीतिक अस्थिरता अन्त्य गर्न प्रत्यक्ष कार्यकारी व्यवस्था आवश्यक रहेको समेत उनले बताइन्।

विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बुढाथोकीले शिक्षा क्षेत्र अत्यधिक निजिकरण र व्यापारीकरणतर्फ गइसकेको आरोप लगाउँदै निजी विद्यालय–कलेजहरूले अभिभावकमाथि थोपरेको शुल्क ५० प्रतिशत नघटाए आन्दोलन तीव्र हुने चेतावनी दिइन्।

यस्तै, ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष कुमार घतानेले श्रम बजार मजदुरमाथि अन्यायपूर्ण रहेको दाबी गर्दै न्युनतम ४० हजार पारिश्रमिक निर्धारण तथा उद्योग–धन्दामा बिचौलिया/ठेकेदार प्रणाली खारेज गर्न माग राखे।

पार्टीका केन्द्रीय सदस्य मार्शलले राष्ट्रवादी शक्तिहरू एकजुट भई राष्ट्रिय मुक्ति यात्रामा अघि बढ्नुपर्नेमा जोड दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु
२०८३ मंग्सिर ९, बुधबार
आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक
२०८३ मंग्सिर ९, बुधबार
डिजिटल बैंकिङमा नेपालीको पहुँच विस्तार, एक वर्षमै २३ लाखभन्दा बढी प्रयोगकर्ता थपिए
२०८३ मंग्सिर ९, बुधबार
‘अनुसन्धान र नवप्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता हो’
२०८३ मंग्सिर ९, बुधबार
बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु
२०८३ मंग्सिर ९, बुधबार
आज महिला हिंसा उन्मूलन दिवसः प्रत्येक दश मिनेटमा एक महिला तथा बालिकाको हत्या
२०८३ मंग्सिर ९, बुधबार
निजी क्षेत्रका समस्या हटाउन ६४ कानुन संशोधनको प्रस्ताव
२०८३ मंग्सिर ९, बुधबार