असोज १४, २०८३ बुधबार September 30, 2026

सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए

गत असोज १० देखि मङ्सिर ५ गतेसम्म अद्यावधिक लागि खोलिएको समयमा सबैभन्दा बढी कैलालीमा १८ हजार २१३ नयाँ मतदाता थपिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

महेन्द्रनगर, २५ मङ्सिरः सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० जना नयाँ मतदाता थपिएका छन् । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि युवा पुस्ताका मतदाता बढी थपिएका जानकारी दिनुभयो ।

“निर्वाचन सामग्री व्यवस्थापन र मतदाता नामावली अद्यावधिक कार्य हँुदैछ”, प्रमुख भट्टले भन्नुभयो, “मतदाता दाबी विरोध, त्रुटी सच्याउनेलगायत कार्यका लागि शुक्रबारसम्मको समयावधि दिइएको छ ।”

गत असोज १० देखि मङ्सिर ५ गतेसम्म अद्यावधिक लागि खोलिएको समयमा सबैभन्दा बढी कैलालीमा १८ हजार २१३ र सबैभन्दा कम बाजुरामा एक हजार ५१७ नयाँ मतदाता थपिएका उहाँले जानकारी दिनुभयो । औँठाछाप र फोटोसहित राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा अनलाइन विधिबाट नाम दर्ता गराउने व्यवस्थासमेत गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार