बैसाख २६, २०८३ शनिबार May 9, 2026

चीनको अन्तरिक्ष योजनाः नयाँ उपग्रह समूहले इन्टरनेट सेवा सुदृढ पार्ने

चीन निरन्तर उपग्रह प्रक्षेपणमार्फत विश्वस्तरीय उपग्रह-इन्टरनेट प्रणाली निर्माण गर्ने लक्ष्यमा अघि बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वेनचाङ, हेनान, मङ्सिर २६ गते । चीनले हेनान प्रान्तको वेनचाङमा रहेको व्यावसायिक प्रक्षेपण केन्द्रबाट लङ मार्च-१२ रकेटमार्फत नयाँ इन्टरनेट उपग्रह समूह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । बिहान ७ बजे प्रक्षेपण भएको यस रकेटले तल्लो-कक्षमा सञ्चालन हुने उपग्रहको १६ औँ समूह बोकेको थियो ।

प्रक्षेपणपछि सबै उपग्रह तोकिएको कक्षामा सुरक्षितरूपमा प्रवेश गरेका छन् । यी उपग्रहको सञ्चालनले चीनको इन्टरनेट सेवालाई द्रुत, स्थिर र व्यापक बनाउने अपेक्षा गरिएको छ । साथै, दुर्गम क्षेत्रमा सञ्चार पहुँच विस्तार गर्न र आपतकालीन सेवामा पनि यसको प्रयोग हुने जनाइएको छ ।

लङ मार्च-१२ नयाँ पुस्ताको विश्वसनीय रकेट हो, जसले भारी पेलोडलाई उच्च सफलतासाथ कक्षामा पुर्याउने क्षमता राख्छ । चीन निरन्तर उपग्रह प्रक्षेपणमार्फत विश्वस्तरीय उपग्रह-इन्टरनेट प्रणाली निर्माण गर्ने लक्ष्यमा अघि बढिरहेको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्याक्टर दुर्घटनामा चालकको ज्यान गयो
२०८३ बैसाख २६, शनिबार
‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’
२०८३ बैसाख २६, शनिबार
दूरसञ्चार प्राधिकरण तथा सुरक्षण मुद्रण केन्द्रमा आवेदन आह्वान
२०८३ बैसाख २६, शनिबार
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति पौडेल
२०८३ बैसाख २६, शनिबार
रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
२०८३ बैसाख २६, शनिबार
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख २६, शनिबार
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार