कार्तिक २५, २०८३ बुधबार November 11, 2026

जेनजी आन्दोलनको जनधन क्षतिबारे जाँचबुझ आयोगमा पूर्वगृहमन्त्री रमेश लेखकको बयान

भदौ २३–२४ का घटनासम्बन्धी छानबिनमा सहभागी भए रमेश लेखक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिसम्बन्धी विषयमा जाँचबुझ आयोगमा बयान दिएका छन्।

सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालयमा सोमबार मध्याह्न करिब १२ः३० बजे उपस्थित भएका लेखकले करिब साढे दुई घण्टा आयोगसँग बयान दिएका थिए। बयानपछि उनी करिब दिउँसो ३ बजे आयोगको कार्यालयबाट बाहिरिएका हुन्।

जेनजी आन्दोलन भएको समयमा लेखक गृहमन्त्रीको जिम्मेवारीमा रहेकाले आन्दोलनको पृष्ठभूमि, सुरक्षा व्यवस्था, सरकारी निर्णय प्रक्रिया तथा घटनाक्रमबारे आयोगले उनीसँग विस्तृत रूपमा जानकारी लिएको जनाइएको छ।

सिंहदरबारमा बयान जारीआयोगले यसअघि पुस १३ गते बयानका लागि उपस्थित हुन लेखकलाई पत्राचार गरेको भए पनि उनी एक दिन ढिला गरी आज आयोगमा पुगेका हुन्। आयोगले आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिबारे सत्यतथ्य पत्ता लगाउने उद्देश्यले सरोकारवाला राजनीतिक नेतृत्व, प्रशासनिक अधिकारी र अन्य पक्षहरूसँग क्रमशः बयान लिँदै आएको छ।

यसैबीच, पूर्वगृहमन्त्री लेखकले आजै पत्रकार सम्मेलन आयोजना गरी जेनजी आन्दोलन र त्यससम्बन्धी विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने जानकारी दिएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २५, बुधबार
आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल
२०८३ कार्तिक २४, मंगलबार
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
२०८३ कार्तिक २४, मंगलबार
वनमन्त्री चौधरी टर्किए प्रस्थान
२०८३ कार्तिक २४, मंगलबार
जनकपुरलाई २७ रनले हराउँदै सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा
२०८३ कार्तिक २४, मंगलबार
स्वर्णिम वाग्लेको अन्तर्राष्ट्रिय उपलब्धिप्रति रास्वपाद्वारा बधाई
२०८३ कार्तिक २४, मंगलबार
जन अधिकार पार्टीद्वारा सरकारसँग छठ पर्वमा तीन दिन सार्वजनिक बिदा दिन माग
२०८३ कार्तिक २४, मंगलबार