काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ ६४ राजनीतिक दलले ५८ वटा निर्वाचन चिन्ह प्रयोग गरी भाग लिन बन्दसूची पेश गरेका छन् । निर्वाचन आयोगका अनुसार २२ वटा दलले समानुपातिकतर्फका सबै सिटका लागि उम्मेदवारी दर्ता गराएका छन् भने बाँकी दलहरूले कम्तीमा १० देखि १०१ जनासम्मको बन्दसूची बुझाएका छन् ।
आयोगका अनुसार ६ वटा दलले न्यूनतम व्यवस्था अनुसार ११ जना मात्रै बन्दसूची पेश गरेका छन् । समानुपातिक बन्दसूची पेश गर्ने पहिलो दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहेको छ भने अन्तिम दलका रूपमा नेपाली कांग्रेसले बन्दसूची बुझाएको हो । कुल ६४ दलमध्ये ५४ दलले आफ्नै निर्वाचन चिन्हमा समानुपातिकतर्फ प्रतिस्पर्धा गर्न बन्दसूची पेश गरेका छन् ।
त्यसैगरी, १० वटा दलले ४ वटा निर्वाचन चिन्ह प्रयोग गरी समानुपातिक निर्वाचनमा भाग लिन बन्दसूची बुझाएका छन् । आम जनता पार्टी र जनादेश पार्टी नेपाल मोबाइल चिन्हमा, सचेतक नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपाल सिंह चिन्हमा, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपाल जाँतो चिन्हमा तथा नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र नेपाल जनजागृति पार्टी नेपाल बस चिन्हमा निर्वाचन लड्ने भएका छन् ।
यी हुन् बन्दसूची पेश गरेका दलहरुः
१. नेपाल मजदुर किसान पार्टी – ११० सिट
२. नेपाल लोकतान्त्रिक पार्टी – १२ सिट
३. राष्ट्रिय जनमोर्चा – ११० सिट
४. जनप्रिय लोकतान्त्रिक पार्टी – १२ सिट
५. नेकपा माक्सवादी (पुष्पलाल) – २० सिट
६. गतिशिल लोकतान्त्रिक पार्टी – ११ सिट
७. जनता समाजवादी पार्टी, नेपाल – १०१ सिट
८. समावेशी समाजवादी पार्टी – ३१ सिट
९. समावेशी समाजवादी पार्टी नेपाल – १२ सिट
१०. नेपाल जनता संरक्षण पार्टी – १७ सिट
११. नागरिक शक्ति नेपाल – २५ सिट
१२. राष्ट्रिय जनमुक्ति पार्टी – ११ सिट
१३. नेपाल जनमुक्ति पार्टी – ११ सिट
१४. मंगोल नेशनल अर्गनाइजेसन – ११० सिट
१५. उन्नत लोकतन्त्र पार्टी – २२ सिट
१६. जनता लोकतान्त्रिक पार्टी, नेपाल – २५ सिट
१७. पिपुल फस्ट पार्टी – १८ सिट
१८. नेपालको लागि नेपाली पार्टी – ४३ सिट
१९. लोकतान्त्रिक समाजवादी पार्टी नेपाल – ११० सिट
२०. त्रिमूल नेपाल – २३ सिट
२१. स्वाभिमान पार्टी – ११ सिट
२२. प्रजातान्त्रिक पार्टी नेपाल – ४१ सिट
२३. नेकपा (माले) – ११० सिट
२४. राष्ट्रिय उर्जाशिल पार्टी नेपाल – ४६ सिट
२५. एकल चिन्ह मोवाइल – ११० सिट
२६. राष्ट्रिय एकता दल – ३२ सिट
२७. राष्ट्रिय गौरब पार्टी – २५ सिट
२८. एकल चिन्ह जाँतो (चकिया) – ११० सिट
२९. श्रम संस्कृति पार्टी – ११० सिट
३०. नेशनल रिपब्लिक नेपाल – २९ सिट
३१. जनअधिकार पार्टी – ११ सिट
३२. राष्ट्रिय परिवर्तन पार्टी – ४९ सिट
३३. संसदीय लोकतान्त्रिक राष्ट्रिय मञ्च – ११० सिट
३४. नेपाल सद्भावना पार्टी – ११० सिट
३५. नेकपा (एमाले) – ११० सिट
३६. जनमत पार्टी – ११० सिट
३७. राष्ट्रिय मुक्ति आन्दोलन नेपाल – २७ सिट
३८. नेपाली कांग्रेस (बिपी) – ११ सिट
३९. राष्ट्र निर्माण पार्टी नेपाल – ३५ सिट
४०. राष्ट्रिय जनता पार्टी नेपाल – १२ सिट
४१. नेपाल मातृभूमि पार्टी – २० सिट
४२. मितेरी पार्टी नेपाल – ११० सिट
४३. एकल चिन्ह जकर भएको सिंह – २५ सिट
४४. नेपाली जनश्रमदान संस्कृति पार्टी – ११ सिट
४५. बहुजन शक्ति पार्टी – २० सिट
४६. नेपाली कम्युनिष्ट पार्टी (संयुक्त) – ११० सिट
४७. नेपाली कम्युनिष्ट पार्टी (नेकपा) – ११० सिट
४८. नेपाली जनता दल – ११० सिट
४९. जय मातृभूमि पार्टी – ५५ सिट
५०. राष्ट्रिय प्रजातान्त्रिक पार्टी – ११० सिट
५१. नेकपा (माओवादी) – ११० सिट
५२. सार्वभौम नागरिक पार्टी – २८ सिट
५३. प्रगतिशिल लोकतान्त्रिक पार्टी – ११० सिट
५४. नेपाल जनता पार्टी – ६० सिट
५५. एकल चिन्ह बस – ११० सिट
५६. संयुक्त नागरिक पार्टी – ६१ सिट
५७. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) – ११० सिट
५८. नेपाली कांग्रेस – ११० सिट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया