कार्तिक २५, २०८३ बुधबार November 11, 2026

डा. निकोलस भुसालका प्रतिनिधि र सरकारबीच सिंहदरबारमा वार्ता

डा. भुसालले अघि सारेका माग, अनशनको कारण तथा समाधानका सम्भावित विकल्पबारे विस्तृत छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । विभिन्न माग राख्दै माइतीघर मण्डलामा आमरण अनशनरत डा. निकोलस भुसालका प्रतिनिधिहरू र सरकारबीच सिंहदरबारमा वार्ता सम्पन्न भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहिबार साँझ दुई घण्टा सम्म वार्ता चलेको हो।

वार्तामा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजय भद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिनासहित सरकारका प्रतिनिधिहरू सहभागी थिए। अनशनरत डा. भुसालको तर्फबाट लेनिन बिष्ट, सुनिल सिंह, सौरभ भण्डारी, डा. जगत बिक, एसपी शाह, विक्रम कार्की, सुमन बोहोरा, नर्गिस थापा, सागर भुसाल, तुलसीकुमार भुसाललगायत प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।

वार्ताको क्रममा डा. भुसालले अघि सारेका माग, अनशनको कारण तथा समाधानका सम्भावित विकल्पबारे विस्तृत छलफल भएको बताइएको छ। सरकार पक्षले मागहरूलाई गम्भीरतापूर्वक लिँदै शान्तिपूर्ण संवादमार्फत निकास खोज्ने प्रतिबद्धता जनाएको स्रोतले जनाएको छ।

यसैबीच, साँझ ५ः५० बजेदेखि जारी छलफलमा अजय सोडारी, जुद्धबहादुर सिंह, भवानी श्रेष्ठ, आभास खड्का, सुशील बुढाथोकीलगायत गरी जम्मा १४–१५ जनाको उपस्थिति रहेको थियो। वार्तालाई सकारात्मक रूपमा अघि बढाउने सहमति भए पनि ठोस निर्णयबारे भने थप परामर्शपछि जानकारी गराइने जनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया