श्रावण २२, २०८३ शुक्रबार August 7, 2026

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र : एमालेद्वारा २५ क्षेत्रमा एकल उम्मेदवार सिफारिस

एमालेले देशभर २५ जना एकल उम्मेदवार सिफारिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २१ पौष। प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उम्मेदवार सिफारिस गर्ने क्रम तीव्र रूपमा अघि बढिरहेको छ। यसैक्रममा नेकपा (एमाले) ले पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला तथा निर्वाचन क्षेत्रीय कमिटीमार्फत उम्मेदवार सिफारिस गर्ने प्रक्रिया तीव्र पारेको छ।

एमालेले हालसम्म देशभरबाट २५ जना नेताको नाम सर्वसम्मत (एकल) उम्मेदवारका रूपमा सिफारिस गरेको छ। एकल सिफारिस हुने उम्मेदवारमध्ये पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पाँच जना पदाधिकारी रहेका छन्। सिफारिसका क्रममा केही जिल्लाबाट एकल नाम पठाइएको छ भने केही जिल्लाबाट एकभन्दा बढी आकांक्षीको नाम केन्द्रमा पठाइएको एमालेले जनाएको छ।

पार्टीका अनुसार जिल्ला र निर्वाचन क्षेत्रबाट आएका सबै सिफारिस केन्द्रमा संकलन भएपछि केन्द्रीय कमिटी र निर्वाचन परिचालन संयन्त्रमार्फत अन्तिम निर्णय गरिनेछ। सिफारिस प्रक्रिया पार्टीभित्रको आन्तरिक लोकतन्त्र र संगठनात्मक समन्वयका आधारमा अघि बढाइएको एमालेको दाबी छ।

प्रदेशगत रूपमा एकल सिफारिस भएका उम्मेदवार र निर्वाचन क्षेत्र यस प्रकार रहेका छन्—

कोशी प्रदेश अन्तर्गत झापा–५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओली र इलाम–२ बाट सुहाङ नेम्वाङ सिफारिस भएका छन्।

मधेश प्रदेशमा सिरहा–३ बाट लीलानाथ श्रेष्ठ, महोत्तरी–१ बाट लक्ष्मी महतो कोइरी, सर्लाही–३ बाट हरि उप्रेती, रौतहट–१ बाट अजय गुप्ता तथा सर्लाही–१ बाट मनोज देवकोटा एकल सिफारिसमा परेका छन्।

बागमती प्रदेशमा नुवाकोट–१ बाट बद्री मैनाली, काठमाडौं–२ बाट मणिराम फुयाल (प्रस्तावित), काभ्रे–२ बाट गोकुल बास्कोटा, भक्तपुर–२ बाट महेश बस्नेत र काठमाडौं–५ बाट ईश्वर पोखरेल सिफारिस भएका छन्।

गण्डकी प्रदेशमा नवलपुर–२ बाट तिलक महत र गोरखा–२ बाट मिलन गुरुङ एकल सिफारिस भएका छन्।

लुम्बिनी प्रदेश अन्तर्गत गुल्मी–१ बाट प्रदीप ज्ञवाली, बाँके–१ बाट सूर्य ढकाल, बाँके–३ बाट दलबहादुर सुनार, कपिलवस्तु–१ बाट विश्राम चौधरी, रुपन्देही–२ बाट विष्णु पौडेल र दाङ–२ बाट शंकर पोखरेल सिफारिसमा परेका छन्।

कर्णाली प्रदेशमा सुर्खेत–१ बाट ध्रुव शाही, सुर्खेत–२ बाट कलाधर देवकोटा र सल्यानबाट गुलाबजंग शाह एकल सिफारिस भएका छन्।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा कैलाली–४ बाट लेखराज भट्ट, बैतडीबाट दामोदर भण्डारी र दार्चुलाबाट गणेश ठगुन्ना एकल सिफारिसमा परेका छन्।

एमाले नेतृत्वले उम्मेदवार छनोटमा जित्ने सम्भावना, संगठनात्मक भूमिका, जनसमर्थन र पार्टी योगदानलाई मुख्य आधार बनाइने जनाएको छ। सबै सिफारिसको मूल्यांकनपछि पार्टीले उम्मेदवारको अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुन्छ’
२०८३ श्रावण २१, बिहिबार
बेवारिसे बिरामीको रगत शुल्क नेरेसो काठमाडौँ शाखाले व्यहोर्ने
२०८३ श्रावण २१, बिहिबार
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
२०८३ श्रावण २१, बिहिबार
शिक्षामन्त्री समक्ष विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसीको शपथ
२०८३ श्रावण २१, बिहिबार
कांग्रेसको आधिकारिकता विवादको फैसलामाथि पुनरावलोकन हुने
२०८३ श्रावण २१, बिहिबार
घाइते जेनजी युवाको उपचारका लागि सरकार प्रतिबद्ध : गृहमन्त्री
२०८३ श्रावण २१, बिहिबार
गृहमन्त्री गुरुङले राष्ट्रिय सभा बैठकमा सांसदहरूसँग मागे माफी
२०८३ श्रावण २१, बिहिबार