कार्तिक २५, २०८३ बुधबार November 11, 2026

सहकारी व्यवस्थापन गर्न प्रदेश सरकारद्वारा समिति गठन

स्वास्थ्य मन्त्रालयकै प्रस्तावमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सञ्चालनको तेस्रो कार्यविधि संशोधन पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बागमती, २५ पुसः बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकले उक्त समितिको अध्यक्षमा शिवप्रसाद सिग्देल तथा सदस्यमा दीपक केसी र रामेश्वर ढकाललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिनुभयो । बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा काभ्रेको धुलिखेलमा सञ्चालित प्रदेश स्वास्थ्य प्रयोगशालालाई भक्तपुरमा स्थानान्तरण गर्ने निर्णय गरेको मन्त्री तामाङले बताउनुभयो ।

यस्तै स्वास्थ्य मन्त्रालयकै प्रस्तावमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सञ्चालनको तेस्रो कार्यविधि संशोधन पारित गरेको मन्त्री तामाङले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया