कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

मधेश प्रदेशको मुख्य न्यायाधिबक्तामा डा. सिंह नियुक्त

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा सिंहलाई नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जनकपुरधाम, पुस २९ गते । मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता पदमा सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका १४ निवासी डा. सुनिलरञ्जन सिंह नियुक्त हुनुभएको छ ।

मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मंगलबार मुख्य न्यायाधिवक्तामा सिंहलाई नियुक्त गर्नुभएको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया