काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत अस्वस्थ भएका छन् । ज्वरोको समस्याबाट पीडित उनी हाल बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको अस्पतालमा उपचाररत रहेका छन् ।
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार प्रधान न्यायाधीश राउत गत सोमबार अस्पताल भर्ना भएका हुन् । चिकित्सकहरूको निगरानीमा उनको उपचार भइरहेको र स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ ।
अस्वस्थताका कारण प्रधान न्यायाधीश राउतले केही समयदेखि नियमित न्यायिक गतिविधिमा सहभागिता जनाउन नसकेको जनाइएको छ । चिकित्सकको सल्लाहअनुसार उनलाई पूर्ण आराममा राखिएको छ । स्वास्थ्यमा सुधार आएपछि मात्र उनी पुनः नियमित कामकाजमा फर्किने बताइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया