फागुण ६, २०८२ बुधबार February 18, 2026

विविधता र बहुलताबीचको एकताले नै नेपाललाई बलियो बनाएको छ : प्रधानमन्त्री कार्की

आफ्ना मौलिक संस्कृति, चाड, पर्व र पहिचानमा सबैले गर्व गर्दै तिनको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडीखेलमा मगर समूदायले आयोजना गरेको माघे संक्रान्ति महोत्सवमा सहभागी भइ शुभकामना दिएकी छन्।

बिहीबार नेपाल मगर संघ केन्द्रीय समितिले टुँडीखेलमा आयोजना गरेको मगर सङ्क्रान्ति महोत्सवमा सहभागी भएर प्रधानमन्त्री कार्कीले शुभकामना दिएकी हुन्।

सो क्रममा प्रधानमन्त्री कार्कीले विविधता र बहुलताबीचको एकताले नै नेपाल राष्ट्रलाई समृद्ध, सशक्त र गौरवपूर्ण बनाएको बताइन्। आफ्ना मौलिक संस्कृति, चाड, पर्व र पहिचानमा सबैले गर्व गर्दै तिनको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिइन्।

प्रधानमन्त्री कार्कीले पर्वहरूले नेपालीबीच आपसी प्रेम, सद्भाव, सहिष्णुता र एकताको भावना मजबूत बनाउँदै आएको समेत बताइन्।

उनले मुलुकका मौलिक पर्वहरुले सबैलाई एकबद्ध भएर शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल
२०८२ फागुण ६, बुधबार
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
२०८२ फागुण ६, बुधबार
‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित)
२०८२ फागुण ६, बुधबार
युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश
२०८२ फागुण ६, बुधबार
एन्फा महिला च्याम्पियनसिप : पुलिसलाई हराँउदै आर्मी फाइनलमा
२०८२ फागुण ६, बुधबार
इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति दिने घोषणा
२०८२ फागुण ६, बुधबार
भोजपुरमा तेह्र पक्की पुल निर्माण
२०८२ फागुण ६, बुधबार