कार्तिक २५, २०८३ बुधबार November 11, 2026

‘जनताको हितमा काम गर्छौ’ – मन्त्री इन्द्रमणि पराजुली

कुनै पनि जात–जातिको कला संस्कृति संरक्षण जोगाई राख्नुपर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

धनकुटा । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले जनताको हितमा काम गर्ने बताउनुभएको छ ।

शनिबार धनकुटाको पाख्रीबास स्थित सान्नेमा नेपाल मगर संघ तथा पञ्चबुद्ध (बाङालोन) विहारले आयोजना माध्या सकराटी पर्व तथा ५०१९ औँ मिना ल्हेसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले आफू मन्त्री भएपछि आश्वासन भन्दा पनि जनताको हितलाई प्राथमिकता दिएको बताउनुभयो ।

मन्त्री पराजुलीले कुनै पनि जात–जातिको कला संस्कृति संरक्षण जोगाई राख्नुपर्ने बताउनुभयो । मगरको आफ्नै कला, संस्कृति र भेषभूषा रहेकाले सदैव सम्मान रहने उहाँको भनाइ थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया