माघ ६, २०८२ मंगलबार January 20, 2026

सुनको मुल्य तोलामा ६ सयले बढ्यो

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि गत बुधबार सुनको मूल्य हालसम्मकै उच्च २ लाख ७८ हजार रुपैयाँ पुगेको थियो ।

यस्तै, चाँदीको भाउ भने आज तोलामा २० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६४५ रुपैयाँ रहेको चाँदी आज ५ हजार ६२५ रुपैयाँमा झरेको छ । चाँदी पनि गत बुधबार हालसम्मकै उच्च ६ हजार ६५५ रुपैयाँ पुगेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया