काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । हिजो तोलामा दुई लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज चार हजार दुई सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५ हजार ८१० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया