कार्तिक २५, २०८३ बुधबार November 11, 2026

काठमाण्डौं महानगरद्वारा खोला किनारका रोक्का जग्गा फुकुवा (सूचना हेर्नुहोस्)

कुनै पनि व्यक्तिको निजी जग्गामा भवन निर्माण गर्न अनुमतिमा रोक नलगाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरबाट बालेन शाहले राजीनामा दिएलगत्तै महानगरले खोला किनारका जग्गामा निर्माण अनुमति नरोकिने सूचना सार्वजनिक गरेको छ ।

महानगरले बुधबार एक सूचना जारी गर्दै यसअघि रोक्का भएको जग्गा फुकुवा भएको भन्दै निर्माण अनुमति नरोकिने जनाएको हो ।

‘सर्वोच्च अदालतको आदेशको आधारमा २०६५ मंसिर १ को मन्त्रिपरिषद्ले निर्धारण गरेको मापदण्डको अधीनमा रही कार्य गर्न बाधा नपर्ने हुँदा कुनै पनि व्यक्तिको निजी जग्गामा भवन निर्माण गर्न अनुमतिमा रोक नलगाइने र निर्माण भइरहेको संरचनामा समेत रोक्का नराखिने जानकारी गराइन्छ,’ महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया