भाद्र २, २०८३ मंगलबार August 18, 2026

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

पछिल्ला तीन वर्षभन्दाअघिका केही आयोजना रुग्ण रहेकाले त्यसबारे समयमा निर्णय लिनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कर्णाली। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम नगर्ने निर्माण व्यवसायीले सञ्चालन गरेका रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयद्वारा आज सुर्खेत वीरेन्द्रनगमा आयोजित अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री कँडेलले जिम्मा लिने लिने तर समयमा काम नगरेर अलपत्र पारिएका रुग्ण आयोजनाका ठेक्का प्रक्रिया मिलाएर तोड्न भौतिक मन्त्रालयलाई निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, “जतिसुकै पहुँच र शक्ति भए पनि समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोड्नुस् ।”

मुख्यमन्त्री कँडेलले सरकारले आवश्यक बजेट छुट्याउने तर समयमा आयोजनाको काम सम्पन्न नगरेर अलपत्र पार्दा त्यसले हामीप्रति नै नागरिकको अविश्वास पैदा हुने बताउँदै भन्नुभयो, “पैसा भएर काम हुन नसकेको र योजना अलपत्र छाड्छ भने त्यस्ता निर्माण व्यवसायीप्रति लचिलो हुनुपर्ने जरुरी र्छैन ।” सकेसम्म निर्माण व्यवसायीलाई सहजीकरण गरेर आयोजना सम्पन्न गर्ने दायित्वतिर लाग्न र यसलेसमेत परिणाम नदेखिए नियमसङ्गत रुपमा ठेक्का अन्त्य गर्न उहाँले मन्त्रालयलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव अर्जुन बमले पछिल्ला तीन वर्षभन्दाअघिका केही आयोजना रुग्ण रहेकाले त्यसबारे समयमा निर्णय लिनुपर्ने बताउनुभयो । उहाँले चालु आवमा करिब ८२ प्रतिशत खरिद प्रक्रियामा गइसकेको र केही बहुवर्षीय आयोजना स्वीकृतिको चरणमा रहेकाले माघ मसान्तसम्म सबै आयोजना ठेक्का प्रक्रियामा गइसक्ने बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार