कार्तिक २५, २०८३ बुधबार November 11, 2026

निर्वाचन आयोगद्वारा जगदीश खरेलसँग स्पष्टीकरण माग

निर्वाचन आचारसंहिता, २०८२ को पालनासम्बन्धी विषयमा तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार जगदीश खरेलसँग स्पष्टीकरण माग गरेको छ।

आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार खरेललाई निर्वाचन आचारसंहिता, २०८२ को पालनासम्बन्धी विषयमा तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।

आयोगले मनोनयन दर्ताका क्रममा दलको झण्डाको प्रयोग गरिएको तथा आचारसंहिताले तोकेको सीमा विपरीत २५ जनाभन्दा बढी व्यक्तिको सहभागितामा जुलुससहित उम्मेदवारी दर्ता गरिएको हो वा होइन भन्ने विषयमा स्पष्टीकरण माग गरेको छ। भिडियो सामाग्रीसहित उजुरी प्राप्त भएपछि आयोगले स्पष्टीकरण सोधिएको जनाएको छ।

पत्रमा उल्लिखित विषय पुष्टि भएमा किन निर्वाचन आचारसंहिता, २०८२ तथा प्रचलित निर्वाचन कानूनबमोजिम कारबाही अघि नबढाइने भन्ने प्रश्नसमेत उठाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया