असोज ४, २०८३ आइतबार September 20, 2026

झापा–५ मा रञ्जित तामाङको नेतृत्वमा ५५५ सदस्यीय चुनाव परिचालन मूल समिति गठन

बस्नेतको नेतृत्वमा गठित समितिको औपचारिक घोषणा शनिबार दमकमा आयोजित निर्वाचन क्षेत्रस्तरीय भेलाबाट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १० माघ । नेपाली कम्युनिष्ट पार्टीका झापा–५ का उम्मेदवार रञ्जित तामाङले आफ्नो चुनावी अभियानलाई व्यवस्थित बनाउन ५५५ सदस्यीय मूल निर्वाचन परिचालन समिति गठन गरेका छन्।

पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र बस्नेत तामाङको चुनावी कमाण्डर तोकिएका छन्। बस्नेतको नेतृत्वमा गठित समितिको औपचारिक घोषणा शनिबार दमकमा आयोजित निर्वाचन क्षेत्रस्तरीय भेलाबाट गरिएको हो।

उम्मेदवार तामाङका अनुसार परिचालन समितिमा पार्टीका केन्द्रीय सदस्य दिपेनवाला राई, वीरेन्द्र बस्नेत, गगन पुरीसहित प्रदेश समिति, जिल्ला समिति, पालिका समिति तथा वडा समिति स्तरका पदाधिकारी र सदस्यहरू समावेश छन्। यसले पार्टी संगठनलाई झापा–५ मा अझ सशक्त रूपमा परिचालन गर्ने लक्ष्य राखिएको छ।

झापा–५ मा यसपटकको निर्वाचनलाई निकै प्रतिस्पर्धात्मक रूपमा हेरिएको छ। यस क्षेत्रमा नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीबाट वरिष्ठ नेता बालेन्द्र शाह पनि उम्मेदवार रहेका छन्, जसले चुनावी प्रतिस्पर्धालाई अझ चर्को बनाएको छ।

तामाङले पार्टी संगठन, कार्यकर्ताको सक्रियता र जनसमर्थनका आधारमा आफूले विजय हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया