रुपन्देही । लामो समय बिजनेसविहीन भएर रोकिएको लुम्बिनी प्रदेश सभाको बैठक माघ १३ गते बस्ने भएको छ । यसअघि सातौँ अधिवेशन मङ्सिर ८ गते एक दिन मात्रै बसेर स्थगित गरिएको थियो ।
लुम्बिनी प्रदेश सभा सचिव दुर्लभ पुन मगरले शनिवार एक सूचना जारी गर्दै प्रदेश सभाको बैठक माघ १३ गते मङ्गलवार बस्ने उल्लेख गरेका छन् ।
लुम्बिनी प्रदेश सभाको नियमावली २०७९ को नियम १२ को उपनियम ३ बमोजिम उक्त दिन बैठक बस्ने सूचनामा उल्लेख गरिएको छ ।
यो बैठकमा प्रदेश सभामा यसअघि सहभागी रहेका ४ सांसद राजीनामा दिएकाले सहभागी हुने छैनन् । ८७ सदस्यीय प्रदेश सभा अब ८३ सदस्यीय भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया