कार्तिक ३, २०८३ मंगलबार October 20, 2026

लुम्बिनी प्रदेश सभाको बैठक १३ गते आह्वान

बैठकमा प्रदेश सभामा यसअघि सहभागी रहेका ४ सांसद राजीनामा दिएकाले सहभागी नहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रुपन्देही । लामो समय बिजनेसविहीन भएर रोकिएको लुम्बिनी प्रदेश सभाको बैठक माघ १३ गते बस्ने भएको छ । यसअघि सातौँ अधिवेशन मङ्सिर ८ गते एक दिन मात्रै बसेर स्थगित गरिएको थियो ।

लुम्बिनी प्रदेश सभा सचिव दुर्लभ पुन मगरले शनिवार एक सूचना जारी गर्दै प्रदेश सभाको बैठक माघ १३ गते मङ्गलवार बस्ने उल्लेख गरेका छन् ।

लुम्बिनी प्रदेश सभाको नियमावली २०७९ को नियम १२ को उपनियम ३ बमोजिम उक्त दिन बैठक बस्ने सूचनामा उल्लेख गरिएको छ ।

यो बैठकमा प्रदेश सभामा यसअघि सहभागी रहेका ४ सांसद राजीनामा दिएकाले सहभागी हुने छैनन् । ८७ सदस्यीय प्रदेश सभा अब ८३ सदस्यीय भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दशैँको टीका र जमरा लगाइदिने
२०८३ कार्तिक ३, मंगलबार
पूर्वराजा ज्ञानेन्द्र शाहले सादगीपूर्वक दसैँ मनाउने
२०८३ कार्तिक ३, मंगलबार
‘एनपिएल’का सबै खेलमा ‘डिआरएस’ लागू हुने, खेल समय हेरफेर
२०८३ कार्तिक ३, मंगलबार
दसैँले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ : सभामुख अर्याल
२०८३ कार्तिक ३, मंगलबार
बाबुराम भट्टराई भन्छन् : विपत्तिलाई बहाना बनाएर जलाशययुक्त आयोजना रोक्नु गलत
२०८३ कार्तिक ३, मंगलबार
गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम
२०८३ कार्तिक ३, मंगलबार
निजी भ्रमणका लागि हिमालयन दृश्य रिसोर्ट पुगे ओली र बागमतीका मुख्यमन्त्री
२०८३ कार्तिक ३, मंगलबार